सलमानलाई ‘लाल सिंह चड्डा’मा अभिनय नगराउने आमिरको घोषणा « Khabarhub

सलमानलाई ‘लाल सिंह चड्डा’मा अभिनय नगराउने आमिरको घोषणा


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता आमिर खानले आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को काम शुरु गर्दा फिल्ममा शाहरुख खान र सलमान खानले केमियो गर्ने चर्चा चलेको थियो । भारत स्वतन्त्रतादेखि लिएर अहिलेसम्मको अवस्थालाई उतारिने फिल्ममा सलमान खानको ‘मेने प्यार किया’ र ‘शाहरुख खानको ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’को केही झलक देखिने खबरले फ्यानहरु उत्साहित थिए ।

तर अहिले फिल्मसँग जोडिएको नयाँ खबर बाहिर आएको छ । खबरअनुसार सलमानले आमिरको फिल्ममा केमियो गर्न अस्वीकार गरेका छन् । आमिरको फिल्म कोरोना भाइरस महामारीको समयमा खिचिएको थियो । जसकारण उनले कैयौं समस्या भोगिरहेका छन् ।

आमिरले सुटिङ भइरहँदा सलमानलाई कैयौं पटक आफ्नो सुटिङ समय तालिका मिलाउन आग्रह गरेका थिए । तर सलमानले त्यो समय मिलाउन सकेनन् । सलमान लगातार आफ्नो आउने प्रोजेक्टमा व्यस्त छन् । जसकारण उनले आमिरको फिल्मलाई समय दिन सकेका छैनन्। त्यसैले आमिरले नै सलमानलाई केमियोबाट हटाउने निर्णय लिएका छन् ।

यो फिल्म सन् २०२२ को अगष्ट ११ मा रिलिज हुँदैछ । फिल्मको पोस्ट प्रोडक्सन अहिले तिब्र गतिमा चलिरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ३८ बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर