जीवनमा कहिल्यै ऋण नलिए पनि मानिस यी ५ ऋणको ऋणी हुन्छ « Khabarhub

जीवनमा कहिल्यै ऋण नलिए पनि मानिस यी ५ ऋणको ऋणी हुन्छ


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हुन त मानिस ऋण वा कर्जा लिनबाट बच्नु पर्दछ । तर शास्त्र अनुसार मानिस जन्मँदै पाँच प्रकारका ऋणी हुन्छ । यो ऋणमा, मातृ ऋण, पितृ ऋण, देव ऋण, ऋषि ऋण र मनुष्य ऋण पर्दछन् । मानिसले यी ऋण तिर्न नसके दुःख र सन्ताप झेल्नु पर्ने धार्मिक मान्यता छ ।

मातृ ऋण
शास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । तसर्थ आमाको ऋण सबैभन्दा ठुलो मानिन्छ । मातृ ऋणमा आमा र मातृ पक्षका हजुरबुवा हजुरआमा, मामा माइजू, सानीमा सानो बुवा र यसतर्फका तीन पीढीका पूर्वज सामिल रहन्छन् । तसर्थ मातृ पक्ष वा आमा प्रति कुनै प्रकारका अपशब्द बोल्ने वा कष्ट दिने व्यक्तिले अनेक प्रकारका कष्ट झेल्नु पर्ने मान्यता छ ।

पितृ ऋण
पितृ ऋणमा पितृ–पक्षका हजुरबुवा हजुरआमा, काका ठुलो बुवाहरु र तीन पीढी पूर्वक सामिल हुन्छन् । शास्त्र अनुसार पितृ भक्त बन्नु हरेक मानिसको परम कर्तव्य हो । यस धर्मको पालना नगरे पितृ दोष लाग्दछ । यस दोषका प्रभावले जीवनमा दरिद्रता, संतानहीनता, आर्थिक अभाव र शारीरिक कष्टको सामना गर्नुपर्ने हुन्छ ।

देव ऋण
माता–पिताको आशीर्वाद पछि देवता प्रमुख मानिन्छन् । देवतामा पनि गणेश प्रथम पूज्य मानिन्छन् । तसर्थ हाम्रा पूर्वज पनि कुनै पनि मांगलिक कार्य गर्नु पूर्व कुलदेवी वा देवताको पूजा गर्दछन् । यस नियमको पालन न गरे देवी–देवताको श्राप लाग्ने मान्यता छ ।

ऋषि ऋण
मनुष्यको गोत्र कुनै न कुनै ऋषिसँग जोडिएको हुन्छ । गोत्रमा सम्बन्धित ऋषिको नाम जोडिन्छ । तसर्थ पूजापाठमा ऋषि तर्पणको विधान छ । ऋषि तर्पण नगर्नेलाई ऋषि ऋण लाग्ने मान्यता छ ।

मनुष्य ऋण
माता पिताका अलावा मानिस समाजका सबै मानिसलाई प्रेम र उदारता देखाउनु पर्ने मान्यता छ । यस अलावा जुन पशुको दूध पिउँछ, त्यसको पनि ऋण तिर्नुपर्ने मान्यता छ । साथै पशुपक्षीले गरेका प्रत्यक्ष अप्रत्यक्ष मद्दतको पनि ऋण तिर्नुपर्ने मान्यता छ । मनुष्य ऋण कै कारण राजा दशरथको परिवारले कष्ट झेल्नु परेको धार्मिक कथा छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : १० बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको