प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी  « Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी 


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज बस्दैछ ।

सरकारले आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ ।

संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन ।

यद्यपि संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची संशोधन गर्ने सम्भावना छ। बैठक बिहान साढे ११ बजे बस्दैछ ।

यसअघि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसीसी थपिने र सभामुख पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिइसकेका छन्।

कांग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेको थियो । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसीसी रोक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेको भूमिका के हुन्छ स्पष्ट छैन ।

सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीको विरोध गरिरहे पनि दबाबमा छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : ४२ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा