प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी  « Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी 


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज बस्दैछ ।

सरकारले आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ ।

संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन ।

यद्यपि संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची संशोधन गर्ने सम्भावना छ। बैठक बिहान साढे ११ बजे बस्दैछ ।

यसअघि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसीसी थपिने र सभामुख पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिइसकेका छन्।

कांग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेको थियो । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसीसी रोक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेको भूमिका के हुन्छ स्पष्ट छैन ।

सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीको विरोध गरिरहे पनि दबाबमा छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : ४२ बजे

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको म्याग्दीको दोभान

म्याग्दी– वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ कृष्ण

आज २०८३ साल वैशाख २६ गते शनिबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर