संसदमा एमसीसी टेबलको बहस : कार्यव्यवस्था समिति बैठक बस्दै « Khabarhub

संसदमा एमसीसी टेबलको बहस : कार्यव्यवस्था समिति बैठक बस्दै


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहानका लागि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गरेका छन्।

प्रतिनिधिसभाको बैठक बस्नु अघि बैठकको कार्यसूचीमाथि छलफल गर्न सभामुख सापकोटाले बैठक आह्वान गरेका हुन्।

बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा प्रतिवेदन र तीन वटा शोक प्रस्ताव समेटिएका छन्।

सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस भने अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी टेबल गर्ने तयारीमा छ। काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी संसदमा टेबल गर्ने निर्णय गरिसकेको छ।

यही विषयमा छलफल गर्न बैठक अघि सभामुख सापकोटाले प्रधानमन्त्रीको आग्रहमा कार्यव्यवस्था समिति बैठक बोलाएका हुन्।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : ५५ बजे

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया