भारतीय टेस्ट कप्तान बन्दै ऋषभ ? | Khabarhub Khabarhub

भारतीय टेस्ट कप्तान बन्दै ऋषभ ?


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– विराट कोहलीले भारतीय टीमका लागि तीनै प्रारूपको क्रिकेटमा कप्तानी छोडिसकेका छन् । उनको ठाउँमा रोहित शर्माले एक दिवसीय र टी–२० क्रिकेटमा कप्तानी गरिरहेका छन् । कोहलीले एक्कासी टेस्ट टोलीको कप्तानी छोडेपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टेस्टको नयाँ कप्तान कसलाई बनाउने भन्ने छलफलमा जुटेको छ ।

कोहलीको ठाउँमा नयाँ टेस्ट कप्तानको रूपमा ऋषभ पन्त फिट रहेको भारतका पूर्व कप्तान सुनिल गावस्कर बताउँछन्। उनी भन्छन्, ‘पन्तबाट म पछिल्लो समय निकै प्रभावित भएको छु। र, अब उनलाई टेस्ट टोलीको कप्तानी दिनुपर्छ ।’

पन्त एक मात्र स्टार खेलाडी हुन् जो नयाँ टेस्ट कप्तान बन्ने दावेदार छन् । पन्तले केप टाउनको कठिन पिचमा गत महिना दक्षिण अफ्रिकाविरुद्ध खेलेको टेस्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजमा पन्तको आक्रामक खेल देखिएको थियो। पन्तको यो स्टाइललाई फ्यानहरूले मन पराएपछि उनलाई कप्तान बनाउने माग उठेको थियो ।

पन्त किन टेस्ट कप्तान बन्नुपर्छ ?
रोहित शर्मा अहिले ३४ वर्षका भइसकेका छन् । यदि बीसीसीआईले भविष्यको बारेमा सोचिरहेको छ भने शर्मालाई टेस्ट कप्तान बनाउन चाँहदैन्। उनी करियरको अन्ततिर आइपुगेका छन् । यस्तो अवस्थामा २४ वर्षीय पन्तले टेस्ट क्रिकेटको कप्तानी पाउन सक्छन्। कोहलीले २७ वर्षको उमेरमा टेष्टको कप्तानी पाएका थिए भने २९ वर्षको उमेरमा एकदिवसीय र टी–२० को कप्तानी पाएका थिए।

बीसीसीआईको लक्ष्य पन्तलाई नयाँ कप्तानको रुपमा तयार गर्ने हो। यदि भारतले नयाँ कप्तान बनाउने हो भने पन्त राम्रो विकल्प हुन्। उनले राम्रो प्रदर्शन गरिरहेका छन्। पन्तले वानडे र टी–२० खेलमा समेत राम्रो प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १ : १५ बजे

काठमाडौंको नगरसभामा प्रमुख प्रशासकीय अधिकृतको छटपटी (तस्बिरहरू)

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार

तीन वर्षपछि क्यानले आदिललाई बोलायो प्रशिक्षणमा

काठमाडौं- टी-ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट प्रतियोगिताका

यस्तो छ १९ दिन ढिला गरी काठमाडौं महानगरले ल्याएको बजेट (पूर्णपाठ)

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट

निजामती विधेयकको त्रुटि छानबिन गर्न गठित समितिको संयोजक पदलाई सभापतिमा परिणत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको