अख्तियारले मृत्यु भइसकेका व्यक्तिसहित तीन जनाविरुद्ध दायर गर्‍यो भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

अख्तियारले मृत्यु भइसकेका व्यक्तिसहित तीन जनाविरुद्ध दायर गर्‍यो भ्रष्टाचार मुद्दा

एक करोड ३५ लाख बिगो दाबी


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालत काठमाडौंमा आज अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा बिष्णुकान्तका छोरा नविन कुमार मिश्र र ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन छन् ।

वन अधिकृत मिश्रले रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनी घुस लिई फरार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा वन अधिकृत मिश्रले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट ७० लाख रुपैयाँ लिएको पुष्टि हुन आएको अख्तियारद्वारा आज जारी विज्ञप्ति उल्लेख छ । उनीविरुद्ध ७० लाख रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

वन अधिकृत मिश्रको छोरा नविनले वुवाले घुस बापत लिएको रकममध्ये ४० लाख रुपैयाँ आफ्नो बैंक खातामा राखी भ्रष्टार गर्न सहयोग गरेको अख्तियारले जनाएको छ । नविनसँग ४० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

वन अधिकृत मिश्रलाई घुस उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले २५ लाख रुपैयाँ बुझेको अनुसन्धानका क्रममा खुलेको अख्तियारले बताएको छ ।

ग्लाल्जेनको मृत्यु भइसकेको भएपनि उनीविरुद्ध दायर मुद्दामा २५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : १० बजे

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद