अख्तियारले मृत्यु भइसकेका व्यक्तिसहित तीन जनाविरुद्ध दायर गर्‍यो भ्रष्टाचार मुद्दा « Khabarhub

अख्तियारले मृत्यु भइसकेका व्यक्तिसहित तीन जनाविरुद्ध दायर गर्‍यो भ्रष्टाचार मुद्दा

एक करोड ३५ लाख बिगो दाबी


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालत काठमाडौंमा आज अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा बिष्णुकान्तका छोरा नविन कुमार मिश्र र ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन छन् ।

वन अधिकृत मिश्रले रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनी घुस लिई फरार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा वन अधिकृत मिश्रले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट ७० लाख रुपैयाँ लिएको पुष्टि हुन आएको अख्तियारद्वारा आज जारी विज्ञप्ति उल्लेख छ । उनीविरुद्ध ७० लाख रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

वन अधिकृत मिश्रको छोरा नविनले वुवाले घुस बापत लिएको रकममध्ये ४० लाख रुपैयाँ आफ्नो बैंक खातामा राखी भ्रष्टार गर्न सहयोग गरेको अख्तियारले जनाएको छ । नविनसँग ४० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

वन अधिकृत मिश्रलाई घुस उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले २५ लाख रुपैयाँ बुझेको अनुसन्धानका क्रममा खुलेको अख्तियारले बताएको छ ।

ग्लाल्जेनको मृत्यु भइसकेको भएपनि उनीविरुद्ध दायर मुद्दामा २५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : १० बजे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)

पश्चिम नवलपरासी- रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म