सखुवा पर्सौनी गाउँपालिकाको सार्वजनिक सुनुवाई– जनताको माग स्वास्थ्य र शिक्षा | Khabarhub Khabarhub

सखुवा पर्सौनी गाउँपालिकाको सार्वजनिक सुनुवाई– जनताको माग स्वास्थ्य र शिक्षा


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज–पर्साको सखुवा पर्सौनी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानिय जनताले स्वास्थ्य, शिक्षा र कृषिको विषयलाई प्राथमिकताका साथ् उठाएका थिए । गाउँपालिकामा रहेका अस्पताल तथा स्वास्थ्य चौकीमा चिकित्सकको कमि र उपचारमा कठिनाई, विद्यालयहरुमा शिक्षकको अनुपस्थिति, पाठ्यपुस्तकको समस्या, भौतिक पूर्वाधारको कमिलगयात विषयहरुमा सुधार गर्नुपर्ने स्थानियहरुले माग गरेका थिए ।

गाउँपालिकाको वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष रामबालक रामको अध्यक्षतामा महुवनमा आइतबार भएको कार्यक्रममा दलित तथा अति विपन्न वर्गको उत्थानका र सशक्तिकरणकालागि नयाँ योजना ल्याउन स्थानीय मनोज रामले सुझाव दिएका थिए ।

खासगरी कृषिमा अधारीत रहेको यस गाउँपालिकाका कृष्कका लागी दिर्घकालिन योजनाहरु कार्यन्यवन गराउन गाउँपालिकाले प्रविधि भित्र्याउदै कृषि उत्पादनलाई बजार सम्म पुर्याउन भूमिका ख्लेनु पर्ने अर्का स्थानीय सुनिल कलवारले जोड दिएका थिए ।

कलवारले गाउँपालिकामा रहेको एतिहासिक पारसनाथ मन्दिरको नामले पर्सा जिल्लाको पहिचान रहेकोले गाउँपालिकाको नाम समेत परिवर्तन गरेर पारसनाथ गाउँपालिका राखी पर्यटन प्रवर्द्धनमा लाग्न आग्रह समेत गरेका थिए ।

सखुवा पर्सौनी गाउँपालिकाका प्रमुख प्रदीपकुमार जयसवालको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा स्थानीयवासिको जवाफदिदैँ उनले सबै क्षेत्रको विकासका लागी गाउँपालिका कार्य गरिरहेको बताए ।

उनले नेपाल सरकारको सिमित बजेट, करामचारी समायोजनाको समस्या, संघीय र प्रदेश सरकारबाट सहयोगको खाँचोलेले सबै क्षेत्र एकैपल्ट विकास गर्न सम्भाव नसकेको बताउदै क्रमशः शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन र भौतिक पुर्वाधारको अवस्थामा पनी सुधार ल्याउन आफु प्रतिबद्ध रहेको बताए । जयसवालले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन, खेलकुदलगयात अन्य महत्वपूर्ण पूर्वधार विकासका लागि गाउँपालिकाले बनाएको योजनाका बारेमा समेत जानकारी गराएका थिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ३ : ५२ बजे

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले