उदयपुरमा चार सय केजी गाँजासहित तीन जना पक्राउ | Khabarhub Khabarhub

उदयपुरमा चार सय केजी गाँजासहित तीन जना पक्राउ


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– बेलका नगरपलिका–८ सिरुवानीस्थित सडकबाट प्रहरीले करिब चार सय केजी अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई लगायत ३ जनालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाँ समेत बरामद गरेको छ ।

बेलका नगरपलिका–८ मा गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को।१ ज २७६१ नम्बरको महेन्द्र पिकअप गाडी जाँच गर्ने क्रममा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा र गाडीका चालक राई समेत ३ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १ : ४५ बजे

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक