उदयपुरमा चार सय केजी गाँजासहित तीन जना पक्राउ « Khabarhub

उदयपुरमा चार सय केजी गाँजासहित तीन जना पक्राउ


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– बेलका नगरपलिका–८ सिरुवानीस्थित सडकबाट प्रहरीले करिब चार सय केजी अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई लगायत ३ जनालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाँ समेत बरामद गरेको छ ।

बेलका नगरपलिका–८ मा गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को।१ ज २७६१ नम्बरको महेन्द्र पिकअप गाडी जाँच गर्ने क्रममा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा र गाडीका चालक राई समेत ३ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १ : ४५ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण