सही गरेर बच्ला ५ सय वर्ष पुरानो ‘घडीघर’ ? « Khabarhub

सही गरेर बच्ला ५ सय वर्ष पुरानो ‘घडीघर’ ?


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंको असनचोकमा रहेको पुरातात्कि र ऐतिहासिक महत्वको घडीघर बचाउन हस्ताक्षर संकलन अभियान चलाइएको छ ।

गुठी संस्थानले ५ सय वर्ष पुरानो ‘घडीघर’ भत्काइ अत्याधुनिक व्यवसायीक भवन निर्माणका लागि सहकारी संस्थालाई दिने सम्झौता गरेपपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन् ।  गुठी संस्थान अन्र्तगत रहेको सो घडीघरमा १४ परिवार बस्दै आएका छन् ।

उनीहरुका पुर्खा स्वयम् सोही घरमा बसेका थिए । ११ परिवारले घडीघरमा पसल पनि सञ्चालन गरेका छन् भने ३ परिवारले बसोबासका रुपमा मात्र प्रयोग गर्दै आएका छन् ।

२०७० साल फागुन ८ गते बालतिरुन्जेल सन्तान दरसन्तानले भोगचलान गर्न पाउने गरि आफुहरुसँग करार सम्झौता गरेको गुठीसंस्थानले थाहै नदिई व्यवसायीक प्रयोजनको भवन निमार्णका लागि श्री बज्रयोगिनी बहुउद्धेश्य सहकारी संस्थालाई २५ वर्षका लागि दिने सम्झौता गरेपछि आन्दोलनमा उत्रिएको स्थानीय संजीव ब्रजचार्यले बताए ।

८ आना ३ दाम क्षेत्रफलमा फैलिएको छ यो घडी घर । जसमा ‘घडीघर’ ‘श्री ५ को वायु देवता गुठी’ र ‘अशोक वृक्ष विहार’ नाम राखिएका ३ घरहरु छन् ।

घडीघरको भुँइतलामा अमिताभ बुद्धको मूर्ति रहेको छ । हरेकवर्ष पञ्चदानको अघिल्लो दिन सो स्थानमा होम, यज्ञ गरेर भोज खाइ पञ्चदानको दिन शाक्यमुनि बज्राचार्यहरुलाई भिक्षा दिने काम हुदैँ आएको छ ।

पुरातत्व विभागले अमिताभ बुद्धको मूर्ति ५ सय वर्ष पुरानो भएको प्रमाणित गरिसकेकाले विभागको स्वीकृति गुठी संस्थानले ऐतिहासिक महत्वको भवन भत्काउन नपाउने दावी स्थानीयले गरेका छन् । अहिले घडीघर बचाउन हस्ताक्षर संकलनमा जुटेका छन् ।

घडीघरवासी तथा असानका स्थानीयले गुठी संस्थानको विरुद्धमा असनको घडीघरस्थित पटकपटक विरोध सभा गर्दै आएका छन् ।
कुनै पनि अवस्थामा ऐतिहासिक महत्वको घडीघर भत्काउन नदिने भन्दै प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन् ।

घडीघरवासीले वि.सं. १८८५ र १९९० सालमा घर भत्किदा गुठी संस्थानले ‘तिमीहरु नै बस्ने हो आफैं मर्मत गर’ भनेकाले आफुहरुले नै मर्मत गरेर बस्दै आएको दाबी गरेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ३ : ५८ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल