माटोका शिवलिङ्ग बनाउँदै महिला « Khabarhub

माटोका शिवलिङ्ग बनाउँदै महिला


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा–काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा पुगेका महिलाले शिवलिङ्ग बनाउने काम गरिरहेका छन् ।

एकसय आठ फिट अग्लो त्रिशूल निर्माण मूल समारोह समिति पनौती–११, ओमकार टेलिभिजन र पनौती नगरपालिका वडा नं ११ वडा कार्यालयको संयुक्त आयोजनामा सवाँ लाख शिवलिङ्ग बनाएर पनौती नगरपालिका–११ बल्थलीको लड्केश्वमा निर्माण हुन लागेको १०८ फिट अग्लो त्रिशूल निर्माणस्थलमा लगेर पूजाअर्चना गरी नदीमा सेलाउने अभियानअनुसार सो शिवलिङ्ग बनाइरहेको हो ।

दुई साता अगाडिदेखि बनाउन सुरु गरेको काम अहिले पनि इन्द्रेश्वर मन्दिर परिसरमा चलिरहेको छ । दैनिक पाँच÷सात जनादेखि २०÷२५ जनासम्मको उपस्थितिमा बनाइरहेको शिवलिङ्ग सवाँ लाख पु¥याउने गरी काम भइरहेको आयोजकले जनाएको छ । लेड्केश्वर महादेवमा १०८ फिट अग्लो त्रिशूल निर्माण भइरहेको र सो त्रिशूल उद्घाटनसत्रमा शिवलिङ्ग लगेर सेलाउने गरी बनाइरहेको १०८ फिट अग्लो त्रिशूल निर्माण मूल समारोह समिति पनौती–११ का सहसचिव रामेश्वर आचार्यले बताए ।

धार्मिक मान्यताअनुसार स्वर्गका राजा इन्द्रले आफूमा श्राप परेपछि सो श्राप मोचन गर्नका लागि पनौतीको त्रिवेणी घाटमा नुहाएर अहिलेको इन्द्रेश्वर मन्दिर भएको ठाउँमा पार्थिक शिवलिङ्ग निर्माण गरेर भोलेनाथको आह्वान गरेपछि १२ वर्षसम्म पूजा गरेर सो शिवलिङ्गबाट साक्षत भगवान शिवजी प्रकट भएर इन्द्रको सबै पाप नाश गरिदिएको विश्वास छ ।

सोही कथनअनुसार लड्केश्वर महादेवमा विश्वको नै अग्लो त्रिशूल निर्माण गरिरहेको हुनाले सो अवसरलाई मध्यनजर गर्दै सवा लाख शिवलिङ्ग बनारहेको र सो शिवलिङ्ग आगामी महाशिवरात्रिको दिन सो त्रिशूलको उद्घाटनका अवसरमा अहिले बनाएका सो शिवलिङ्ग लगेर पूजाअर्चना गरि नदीमा सेलाउने योजनाअनुरुप अहिले काम भइरहेको आचार्यले बताए ।

सो अभियानमा त्रिवेणी घाट मन्दिर परिसरमा दर्शन गर्न जानेले शिवलिङ्ग बनाउने गरेको छ । भक्तपुरबाट मेसिनले पेलेर पोको बनाएर ल्याएको कालोमाटोलाई मन्दिर परिसरमा लगेर सो शिवलिङ्ग बनाउने गरेको आयोजकले जनाएको छ । त्यहाँ पुगेका महिलाले परिवारको कल्याणका लागि निर्माण गरेको शिवलिङ्ग बनाएर राख्ने गरेको उनले बताए । तोकेको सवाँ लाख शिवलिङ्ग बनाइसकेपछि त्यसलाई पूजा, भजन र कीर्तन गरेर गाडीमा हालेर लड्केश्वर लाग्ने मूल समारोह समितिका सहसचिव आचार्यले बताए ।

समितिले लड्केश्वरमा त्रिशूल निर्माणसँगै मन्दिर र भवन निर्माण गर्ने काममा जुटिरहेको जनाएको छ । ‘आजभन्दा १८ वर्ष अगाडि प्यूठानको स्वर्गद्वारीका बाबा लोकनाथ कश्यपले लड्केश्वरमा त्रिशूल निर्माण गर्ने भनेर अभियान चलाए पनि सो काम पूरा हुन सकेको थिएन’, आचार्यले भने, ‘त्यसपछि अहिले ओमकार टेलिभिजनले अभियान सञ्चालन गरेर सफल पार्ने चरणमा लागेपछि त्यसको काम निरन्तर भइरहेको छ ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ३ : ४५ बजे

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’