एलपीएल क्रिकेटः होलिल्याण्डको पहिलो जित « Khabarhub

एलपीएल क्रिकेटः होलिल्याण्डको पहिलो जित


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली–धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालयस्तरीय अन्डर–१९ क्रिकेटअन्तर्गत चौँथो दिनको पहिलो खेलमा होलिल्याण्ड इंलिस स्कुल अत्तरिया विजयी भएको छ ।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वती स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित ग¥यो । शारदा सरस्वतीले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षतिमा १६.२ ओभरमा भेटायो ।

होलिल्याण्डका लागि अभिषेक पालले सर्वाधिक २२ रन तथा संजय बोहराले अविजित १० रन बनाए । शारदा सरस्वतीका बलर हेमन्त धामी, गणेश बिटालु र विकास सुनारले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको शारदा सरस्वतीले १८.३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । उसको लागि विकास सुनारले सर्वाधिक ११ रन तथा निरज तेज चन्द र मिलन बोहराले समान १० रन बनाए ।

होलिल्याण्डका बलर सन्जय बोहराले सर्वाधिक तीन विकेट तथा अविनारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले समान दुई विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच सन्जय बोहरा चुनिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ४ : ३९ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको