काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजीएफ)ले आयोजना गर्ने पल्सर स्पोट्स अवार्डको ‘पिपुल्स च्वाइस अर्वाड’का लागि ५ जना खेलाडी मनोनयनमा परेका छन् । काठमाडौंका आज (आइतबार) पत्रकार सम्मेलन आयोजना गरी मनोनयनमा परेका ५ खेलाडीको नाम सार्वजनिक गरिएको हो ।
मनोनयनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने, राष्ट्रिय महिला फुटबल टोलीकि स्टाइकर सावित्रा भण्डारी, भलिबल टोलीकी खेलाडी रेश्मी भण्डारी, शारीरिक सुगठनका महेश्वर महर्जन र व्याटमिन्टनका प्रिन्स दाहाल परेका छन् । खेलाडीहरुले पछिल्लो एक वर्ष देखाएको प्रदर्शन र उनीहरुको प्रदर्शनले राष्ट्रिय टिमको सफलता वा नेपाल देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको हुँदा खेलाडीलाई पिपुल्स च्वाइस अर्वाडका लागि छनोट गरिएको हो ।
मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट एसएमएस भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ । एसएमएस भोटिङ र फेसबुक लाईको मतभार ५० प्रतिशत रहनेछ भने पत्रकारको भोट र संघका मुख्य प्रशिक्षकको मतको भार २५–२५ प्रतिशत रहनेछ ।
खेलाडीलाई भोट गर्न नेपाल टेलिकम, एनसेल र स्माट कार्डका प्रयोगकर्ताले ३७७२२ नम्बरमा म्यासेज गर्न सक्नेछन् । म्यासेज बक्समा गएर पल्सर टाईप गरेर एक स्पेस दिएर खेलाडीको कोड र नाम टाईप गरेर ३७७२२ मा पठाउन सकिनेछ ।
सन्दीपलाई भोट गर्न Pulsar <space> SL लेखेर ३७७२२ मा पठाउन सकिनेछ । त्यस्तै, रेश्मालाई भोट गर्नका लागि Pulsar <space> RB लेखेर, प्रिन्सका लागि Pulsar <space> PD लेखेर र सावित्राका लागि Pulsar <space> SB टाइप गरी ३७७२२ मा पठाउन सकिन्छ ।
यस्तै महेश्वरका लागि Pulsar <space> MM टाइप गरी ३७७२२ मा पठाउन सकिनेछ । भोटिङ आज (आइतबार) दिउँसो १२ बजेदेखि असार १६ गते राति १२ बजेसम्म खुल्ला हुनेछ । विजेताको घोषणा आगामी असार १७ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा गरिनेछ ।
प्रतिक्रिया