देवी–देवताका ६ थान मूर्ति पुरातत्व विभागमा बुझाइयो « Khabarhub

देवी–देवताका ६ थान मूर्ति पुरातत्व विभागमा बुझाइयो


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हराएर तथा चोरी भएर फेला परेका ६ थान मूर्ति पुरातत्व विभागलाई बुझाइएको छ ।

बिहीबार प्रहरीले कृष्णको जस्तो देखिने मूर्ति १ थान, सरस्वतीको जस्तो देखिने मूर्ति १ थान, नारायणको जस्तो देखिने मूर्ति १ थान, बुद्धको मूर्ति २ थान र देवीको मूर्ति १ थान पुरातत्व विभागमा बुझाएको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले विभागकी अधिकृत सविता न्यौपानेलाई मूर्तिहरू संरक्षणका लागि हस्तान्तरण गरेका छन् ।

यसअघि, माघ ७ गते पनि महानगरी प्रहरी वृत्त जनसेवाले छाउनीस्थित श्री राष्ट्रिय संग्रहालयलाई १४ थान मूर्ति तथा गजुर हस्तान्तरण गरेको थियो ।

प्रहरी परिसर काठमाडौँ र मातहतका प्रहरी वृत्त, प्रभागहरूमा अनुसन्धान र सुरक्षा प्रयोजनार्थ मूर्तिहरू राखिँदै गरेकोमा अनुसन्धान कार्य समाप्त हुन आएका मूर्तिहरू संरक्षणका लागि छाउनीस्थित श्री राष्ट्रिय संग्रहालय र पुरातत्व विभागलाई बुझाउने गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १० : ५७ बजे

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले