छुट्टाछुट्टै मुद्दामा तीन फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

छुट्टाछुट्टै मुद्दामा तीन फरार प्रतिवादी पक्राउ


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीले दुई जनालाई काठमाडौँ र एक जनलाई पोखराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका ७ घर भएका पवन घर्ती, राइनास नगरपालिका-६ का मनबहादुर बराल र बेसीशहर नगरपालिका-४ का ३२ का सुरज गुरुङ रहेका छन् ।

पक्राउमा परेका तीनै जनालाई लमजुङ जिल्ला अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय लमजुङले अभियान नै सञ्चालन गरी फरार प्रतिवादी पक्राउ गर्दै आएको डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

घर्तीलाई सवारी ज्यानसम्बन्धी मुद्दामा १ वर्ष २ महिना ७ दिन कैद सजाय हुने ठहर भई ०७७ पुस ५ गते सर्वोच्च अदालतले फैसला गरेको थियो भने अर्का प्रतिवादी बरालाई बैंकिङ कसूर मुद्दामा ८० हजार ५ सय असुल उपर गर्न ०७६ पुस १८ गतेको उच्च अदालत पाटनको फैसला बमोजिम पक्राउ गरिएको कार्कीले बताए ।

लागूऔषध मुद्दामा फरार रहेका गुरुङलाई ५ महिना ४ दिन कैद र १२ हजार जरिवाना ठहर हुने गरी ०६९ जेठ ८ गते जिल्ला अदालत कास्कीबाट फैसला भएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : ३५ बजे

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६

बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

पाल्पा – यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको