रामजीको ‘हनिमुन’मा श्रीमानश्रीमतिको झगडा | Khabarhub Khabarhub

रामजीको ‘हनिमुन’मा श्रीमानश्रीमतिको झगडा


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पत्रकार रामजी ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर सर्ट फिल्म ‘हनिमुन’ दर्शकमाझ ल्याएका छन् । उनकै लेखन तथा निर्देशन रहेको फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय छ ।

फिल्ममा बिहेपछि श्रीमान र श्रीमती हनिमुन मनाइरहँदा एउटा सानो असमझदारीका कारण भएको झगडालाई देखाइएको छ ।

‘केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको विगतलाई स्वीकार्नुपर्छ । तर, उनीहरुको विगतका कमी कमजोरीलाई सम्झाउँदा त्यसले दाम्पत्य जीवन तनावपूर्ण बन्छ भन्ने कुरालाई मैले फिल्ममा प्रस्तुत गरेको छु’, रामजीले भने ।

फिल्ममा विजय अर्यालको स्वर, विशाल निरौला र विजय अर्यालको संगीत, योगेश काजीको पाश्र्व संगीत तथा मिक्सिङ, राजेन्द्र मोक्तानको कलरग्रेडिङ, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा संकल्प भुजेलको छायांकन छ । फिल्म राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रामजीले यसअघि ‘डार्क मुन’,‘एक लभर’, ‘लकडाउन’ लगायतका सर्ट फिल्म निर्माण गरिसकेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १२ : १५ बजे

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका