स्थानीय निर्वाचनः महोत्तरीमा दलहरूबीच तीव्र रस्साकसी « Khabarhub

स्थानीय निर्वाचनः महोत्तरीमा दलहरूबीच तीव्र रस्साकसी


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका १५ वटै स्थानीय तहमा निर्वाचन लक्षित राजनीति दलका गतिविधि देखिन थालेका छन् । स्थानीय स्तरमा पार्टीको प्रभाव हेरेर अन्य पाटीले सोहीअनुसार रणनीति बनाएको देखिएको छ ।

यता उम्मेदवार टिकटका दाबेदारहरू आफ्नो माहोल बनाउन कम्मर कसेर लागेका छन् । यदि पार्टीले उम्मेदवारको लागि टिकट नदिए जिल्लामा स्वतन्त्र उम्मेदवारको संख्या निकै बढने देखिएको छ ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन । जिल्लाको उत्तरी क्षेत्रवाट हेर्दा बर्दिबास नगरपालिकामा माओबादी केन्द्रको बलियो पकड छ । अघिल्लो निर्वाचनमा पनि बहुमतसहित माओवादी केन्द्रको प्यानल नै विजयी बनेको थियो ।

त्यसैगरी गौशाला नगरपालिकामा माओवादी कै वर्चस्व देखिन्छ । अघिल्लो चुनावमा पनि माओवादी केन्द्रको प्यानल नै विजयी भएको थियो ।

सम्सी गाउँपालिकामा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रको प्यानल नै विजयी भए पनि आगामी निर्वाचनमा भने माओवादीलाई त्यति सजिलो छैन । माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पार्टी छाडिसकेका छन् ।

उत्तरपट्टी औरही, रामगोपालपुरसम्म माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ । भंगाहा नगरपालिकामा लोसपा र जसपाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

पिपरा गाउँपालिका, महोत्तरी गाउँपालिका, जलेश्वर नगरपालिका, मनरासिस्वा नगरपालिका, भंगाहा नगरपालिका, एकडारा, मट्टीहानी नगरपालिका लगायतका पालिकामा मधेश केन्द्रित दल बलियो देखिन्छ ।

महोत्तरीका १५ पालिका अन्तर्गत आठ पालिकामा तत्कालीन राजपाले, तीन पालिकामा कांग्रेस, तीन पालिकामा माओवादी केन्द्र र एक पालिकामा संघीय समाजवादी फोरम नेपालले जित हासिल गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  २ : ०० बजे

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई