सञ्चारमन्त्री कार्की भन्छन्–एमसीसीलाई संसद्मा निश्कर्षमा पुर्‍याउने विषयमा छलफल « Khabarhub

सञ्चारमन्त्री कार्की भन्छन्–एमसीसीलाई संसद्मा निश्कर्षमा पुर्‍याउने विषयमा छलफल


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बसेको गठबन्धनको बैठकमा एमसीसीलाई सार्वभौम संसद्‍मा छलफल गराएर निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको दायित्व संसदलाई सुचारु गराउनुपर्ने भएकाले

संसदलाई जीवित राख्न प्रमुख प्रतिपक्ष दल केपी शर्मा ओलीसँग छलफल गरेको दाबी गरे । उनले एमसीसी संसद्मा टेबल गर्ने विषयमा प्रधामन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको छलफलमा ओली सकारात्मक बनेको जानकारी दिए ।

बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेद्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल, जनता समाजवादीका अशोक राई लगायतका नेताहरु सहभागी रहेका थिए।

उनका अनुसार बैठकमा प्रतिनिधि सभामा एमसीसी टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेपछि अर्को बैठक आइतबार बिहान १० बस्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  २ : ३० बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल