प्लाष्टिक र कागजका सामानले टपरी र दुना संकटमा « Khabarhub

प्लाष्टिक र कागजका सामानले टपरी र दुना संकटमा


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बढ्दो आधुनिकतासँगै वनस्पतिका पातबाट बनाइने टपरीको प्रयोग अचेल घट्दै गइरहेको छ । केही वर्षअघि भोजभतेर तथा सार्वजनिक समारोहमा खाद्यपदार्थ उपभोग गर्ने माध्यमका रुपमा प्रयोग हुने टपरी र दुना अहिले प्रायः देख्न पाइदैन ।

प्रयोगमा नआउने मात्र नभई दुना र टपरी बनाउन पनि कमैले मात्रै जान्ने हुँदा यसको इतिहास नै सङ्कटमा पर्न थालेको छ । प्लाष्टिक र कागजका सामानको स्थानीय बजारमा माग बढ्न थालेपछि यस्ता सामान लोप हुन थालेका हुन् । टपरीको प्रयोग खास गरी पूजापाठलगायत धार्मिक अनुष्ठानमा हुने गरेको भए तापनि अहिले त्यसको प्रयोगमा निकै कमी आएको पात व्यापारी सानु भुजेलले बताए ।

लामो समयदेखि टपरी बनाउनका लागि पातको व्यापार गर्दै आएका भुजेलले कागज र प्लाष्टिकको सामानको प्रयोग बढ्न थालेपछि आफूहरुको व्यवसाय नै चौपट भएको जनाउँदै दुखेसो गरे । राजधानीमा टपरीको माग पूरा गर्नका लागि काठमाडौँ उपत्यका आसपासका पहाडी जिल्लाका अतिरिक्त तराईका विभिन्न स्थानबाट आयात गरिन्छ ।

प्रतिमुठा रु १५ देखि २५ तथा भोजभतेरमा प्रयोग हुने पातको प्लेट सयको रु २५० सम्ममा बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ५ : ०८ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका