प्लाष्टिक र कागजका सामानले टपरी र दुना संकटमा « Khabarhub

प्लाष्टिक र कागजका सामानले टपरी र दुना संकटमा


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बढ्दो आधुनिकतासँगै वनस्पतिका पातबाट बनाइने टपरीको प्रयोग अचेल घट्दै गइरहेको छ । केही वर्षअघि भोजभतेर तथा सार्वजनिक समारोहमा खाद्यपदार्थ उपभोग गर्ने माध्यमका रुपमा प्रयोग हुने टपरी र दुना अहिले प्रायः देख्न पाइदैन ।

प्रयोगमा नआउने मात्र नभई दुना र टपरी बनाउन पनि कमैले मात्रै जान्ने हुँदा यसको इतिहास नै सङ्कटमा पर्न थालेको छ । प्लाष्टिक र कागजका सामानको स्थानीय बजारमा माग बढ्न थालेपछि यस्ता सामान लोप हुन थालेका हुन् । टपरीको प्रयोग खास गरी पूजापाठलगायत धार्मिक अनुष्ठानमा हुने गरेको भए तापनि अहिले त्यसको प्रयोगमा निकै कमी आएको पात व्यापारी सानु भुजेलले बताए ।

लामो समयदेखि टपरी बनाउनका लागि पातको व्यापार गर्दै आएका भुजेलले कागज र प्लाष्टिकको सामानको प्रयोग बढ्न थालेपछि आफूहरुको व्यवसाय नै चौपट भएको जनाउँदै दुखेसो गरे । राजधानीमा टपरीको माग पूरा गर्नका लागि काठमाडौँ उपत्यका आसपासका पहाडी जिल्लाका अतिरिक्त तराईका विभिन्न स्थानबाट आयात गरिन्छ ।

प्रतिमुठा रु १५ देखि २५ तथा भोजभतेरमा प्रयोग हुने पातको प्लेट सयको रु २५० सम्ममा बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ५ : ०८ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल