डडेल्धुरामा ६ हजार नयाँ मतदाता | Khabarhub Khabarhub

डडेल्धुरामा ६ हजार नयाँ मतदाता


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत डडेल्धुरामा ९४ हजार तीन सय १४ को नाम दर्ता भएको छ । शुक्रबार जिल्ला सदरमुकाममा छैटौँ निर्वाचन दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयले यो तथ्यांक सार्वजनिक गरेको हो ।

२०७८ असारसम्मको मतदाता संख्या जिल्लामा ८८ हजार ४५ थियो । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्य सुरु गरेपछि नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए ।

पछिल्लो तथ्यांक हेर्दा जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा ६ हजार दुई सय ६९ मतदाता संख्या थपिएको हो । अमरगढी नगरपालिकामा १४ हजार आठ सय दुई र परशुराम नगरपालिकामा २२ हजार तीन सय २७ जना मतदाता रहेको निर्वाचन अधिकारी अवस्थीले बताए ।

उनका अनुसार अजयमेरू गाउँपालिकामा १२ हजार दुई सय ६३, आलिताल गाउँपालिकामा ११ हजार दुई सय ७६, गन्यापधुरा गाउँपालिकामा १० हजार नौ सय ५८, नवदुर्गा गाउँपालिकामा १३ हजार ६ सय ८० र भागेश्वर गाउँपालिकामा नौ हजार आठ जना मतदाता छन् ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र छन् । जसका लागि मतदानस्थल ८० र मतदान केन्द्र एक सय १० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको कुल जनसंख्या एक लाख ३९ हजार चार सय २० रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ४ : ३१ बजे

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित

साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से 

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित