लमजुङमा विद्युतीय राहदानी वितरण सुरु « Khabarhub

लमजुङमा विद्युतीय राहदानी वितरण सुरु


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका नागरिकले ई–पासपोर्ट (विद्युतीय राहदानी) सेवा पाउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट विद्युतीय राहदानीको सेवा सुरु भएसँगै नागरिकले सेवा पाएका हुन् । कार्यालयले बिहीबारबाट विद्युतीय राहदानी सेवा सुरुवात गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले पहिलो सेवाग्राही बेंसीशहर नगरपालिका-६ का संसर रिमाललाई ३४ पेजको विद्युतीय राहदानी प्रदान गरेर सेवाको सुरु गरेका हुन् । प्रशासन कार्यालयमा हाल ९१ जनाको विद्युतीय राहदानी आइसकेको र बिहीबारबाट वितरण थालिएको हो ।

प्रशासन कार्यालयको सिफारिसमा राहदानी विभागमै गएर पनि राहदानी लिन सकिने छ । राहदानीका लागि अनलाइनमार्फत फाराम भरेकाहरूले राहदानी लिन सकिने व्यवस्था रहेको छ । पोखरेलका अनुसार विद्युतीय राहदानीका लागि सुरुमा मोइबाइल वा कम्प्युटरबाट अनलाइन फाराम भर्नुपर्छ ।

साइबरमा गएर वा व्यक्ति आफैँले पनि फारम भर्न सक्नेछन् । फाराम भर्दा राष्ट्रिय परिचय पत्रमा उल्लेख भएको नम्बर अनिवार्य गरिएको छ । ई–पासपोर्टका लागि अनलाइन फारम भर्नुअघि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने उनले बताए ।

अनलाइनमा सम्पूर्ण विवरण भरिसकेपछि फोटो खिच्न भने प्रशासन कार्यालय आउनुपर्ने पोखरेलले बताए । राहदानी लिनका लागि जिल्ला प्रशासन कार्यालय आफैँले कर्मचारी खटाएर विभागमा जानुपर्ने बाध्यता थियो । राहदानी विभागले हुलाक विभागसँग सम्झौता गरेकाले जिल्लामै राहदानी आइपुग्ने प्रशासनले जनाएको छ ।

३४ पेजको विद्युतीय राहदानी जिल्लाबाटै लिन ५ हजार रुपियाँ लाग्छ । विभागबाट लिन दोब्बर दस्तुर अर्थात १० हजार रुपैयाँ लाग्छ । हराएको लिन थप ५ हजार तिर्नुपर्ने छ । ६४ पेजका लागि विभागमा जानुपर्ने र २० हजारमा विद्युतीय राहदानी बन्ने विभागले जनाएको छ ।

छिटोछिटो विदेश आउजाउ गर्नुपर्नेले ६४ पेजको ई–पासपोर्ट लिन सक्ने प्रशासनले जनाएको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदीश मिश्रका अनुसार अनलाइन फाराम भरेपछि कार्यालयमा फोटो खिच्न जाने मिति तोक्ने गर्छ ।

फारम प्रिन्ट गरेर प्रशासन कार्यालय जाने र फोटो खिच्ने कार्य हुन्छ । बायोमेट्रिक फाराम तयार भएपछि प्रमाणित गरी स्क्यान गरी राहदानी विभागमा पठाउने गरिन्छ । फाराम भरेर आएका १० देखि १५ जनालाई दैनिक सेवा प्रदान गर्न सकिने जनाएको छ ।

प्रशासनले विभागमा पठाएको १५ दिनभित्र राहदानी जिल्ला आइपुग्ने उनले बताए । यसअघि राहदानीका लागि १ महिनासम्म कुनुपर्ने अवस्था थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ३४ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा