ललितपुरको सानेपामा भएको दुर्घटनामा २ जनाको ज्यान गयो « Khabarhub

ललितपुरको सानेपामा भएको दुर्घटनामा २ जनाको ज्यान गयो


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको सानेपामा आइतबार अपराह्न भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  तीन वटा जीप र एक मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका २८ वर्षका चन्द्रमणि मदुहारीको रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएको उनीहरुलाई तत्काल उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । अस्पतालमा उनीहरु दुवै जनालाई मृत घोषित गरिएको थियो ।

दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार स्कार्पियोले टाटा सुमोलाई बाँयाबाट अनियन्त्रित रुपमा उछिनेर जाँदा दायाँ साइटमा पुगेर मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल कल‌ंकी साइटबाट आउँदै गरेको थियो । सुमोले पनि देब्रे साइटबाट ओभरटेक गर्न खोज्दा अनियन्त्रित भइ दाइने साइटमा पुग्दा हाइलक्समा ठोक्किन पुगी दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ६ : ०१ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल