राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रुकुम पूर्वका १४ विद्यालय छनोट « Khabarhub

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रुकुम पूर्वका १४ विद्यालय छनोट


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी रुकुम (पूर्व) का १४ विद्यालय छनोट भएका छन् । विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको यो कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानीय तहका १४ विद्यालय छनोटमा परेका हुन् ।

कार्यक्रमअन्तर्गत चार कोठे र दुई कोठे भवन निर्माण तथा सूचना प्रविधि प्रयोगशाला (आइसीटी ल्याब) स्थापनाका लागि बजेट आउने छ । चार कोठे भवनका लागि प्रतिविद्यालय रु ३६ लाख, दुई कोठे भवनका लागि रु १८ लाख र आइसीटी ल्याब स्थापनाका लागि रु छ लाख ५० हजार बजेट आउने शिक्षा विकास तथा समन्वय एकाइ रुकुम (पूर्व)का प्रमुख तिलक गौतमले जानकारी दिए । यो कार्यक्रमका लागि सिस्ने गाउँपालिकाका छ विद्यालय, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका चार-चार विद्यालय छनोटमा परेका छन् ।

सिस्ने–१ को नवज्योति आधारभूत विद्यालय भट्टेचौर, वडा नम्बर २ को हिमालय मावि नायगाड, वडा नम्बर ५ को रुक्मिणी मावि आइसीटी ल्याब स्थापनाका लागि छनोट भएका छन् । वडा नम्बर ४ को जनप्रिय मावि दादिङमा चार कोठे भवन, वडा नम्बर १ को आधारभूत विद्यालय सिस्नेपोखरी र वडा नम्बर ४ को आधारभूत विद्यालय अमलाचौरमा दुई कोठे भवन निर्माण हुने भएका छन् ।

भूमेको वडा नम्बर २ मा रहेको त्रिवेणी मावि काँक्री, वडा नम्बर ८ को मावि कुचिबाङमा आइसीटी ल्याब स्थापना हुनेछ । वडा नम्बर ३ को टक्सार आधारभूत विद्यालय झुम्लाबाङमा दुई कोठे र वडा नम्बर ८ को सरस्वती मावि सिमखोला चार कोठे भवन निर्माण हुने छन् । पुथा उत्तरगङ्गाको वडा नम्बर १० को महेन्द्र मावि तकसेरामा कम्प्युटर विज्ञान र चार कोठे भवन, वडा नम्बर १४ को सिद्धमण्डली मावि राङ्सीमा दुई कोठे, वडा नम्बर ९ को आदर्श मावि खाराबाङमा चार कोठे भवन निर्माण हुने भएका छन् ।

यस्तै वडा नम्बर ११ को उत्तरगङ्गा आधारभूत विद्यालय सेराबालुवामा आइसीटी ल्याब स्थापना हुने भएको हो । स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने वित्तिकै कार्यन्वयनको प्रक्रिया सुरु हुने समन्वय एकाइ प्रमुख गौतमले बताए।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ११ : ०७ बजे

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी