अहिले विदेशी शक्ति खेल्न थालेको छ–उपसभापति गुरुङ « Khabarhub

अहिले विदेशी शक्ति खेल्न थालेको छ–उपसभापति गुरुङ


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसिसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताए ।

‘एमसिसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ । देशको आन्तरिक मामला भएकाले के ठीक के बेठिक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ’, उपसभापति गुरुङले भने, ‘हाम्रै कारणले वैदेशिक शक्ति एमसिसीका बारेमा बोल्न थालेका हुन् की भन्ने मलाई लाग्छ ।’ नेताहरुले दिनहुँ बोली फेरिराख्ने गर्दा विदेशी निकाय सलबलाउन थालेको उनको आरोप थियो ।

उपसभापति गुरुङले न्यायलय ठीक ढङ्गबाट सञ्चालन हुनुपर्ने र न्यायलयका प्रमुख प्रधानन्यायधीशले न्यायलय चलाउन नसकेपछि मार्गप्रशस्त गर्नुपर्नेमा समस्यालाई हेरेर बस्नु नहुने बताए । एक फरक प्रसङ्गमा उनले संसद् सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । संसद् प्रतिपक्षको भए पनि विरोधका कारण बन्धक बनाउन नहुनेमा जोड दिँदै उपसभापति गुरुङले संसद्मा सरकारका काम कारवाहीका विषयमा बहस हुनुपर्ने र कानून बनाइनुपर्नेमा बन्दक बनाउनु गलत भएको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ४ : १५ बजे

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त