यथास्थितिमा एमसीसीको पक्षमा जान सकिँदैन–नेकपा एस | Khabarhub Khabarhub

यथास्थितिमा एमसीसीको पक्षमा जान सकिँदैन–नेकपा एस


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा जान नसकिने जनाएको छ । नेकपा एसको आज सम्पन्न स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्वसम्मत रुपमा एसीसीलाई अनुमोदन गर्न नसकिने, नेपाली जनताको चाहनाविपरित र राष्ट्रहित हुने खालका विषय संसोधन अनिवार्य रहेको निर्णय गरेको छ ।

आजको बैठकपछि नेकपा एसका उपमहासचिव जगनाथ खतिवडाले पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको अध्यय कार्यदलले बनाएको प्रतिवेदन पठेर सुनाउनुका साथै उक्त प्रतिवेदनमाथि २५ जना नेताले छलफल गरेको बताए ।

यस्तै, संसद अवरोध भइरहेको अवस्थामा एमसीसी टेबुल गर्ने विषय सोच्न नसकिने उनको भनाइ छ । उनले भने, ‘एमसीसी प्रस्ताव टेबुल गर्नु कुनै ठूलो कुरा होइन तर एमसीसीमा के छ भनेर सबैले बुझ्न जरुरी छ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ४ : ३० बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते