अमेरिकाले भारतलाई दिँदै आएको कर छुट सुविधा हटाउने « Khabarhub

अमेरिकाले भारतलाई दिँदै आएको कर छुट सुविधा हटाउने


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले भारतीय सामान आयातमा दिँदै आएको कर छुट सुविधा जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स (जीएसपी) बाट हटाउने भएको छ ।
भारतले अमेरिकी सामान आयातमा आफ्नो बराबरको हिस्सा उपलब्ध गराउने विषयमा विश्वास दिलाउन नसकेको भन्दै अमेरिकाले त्यसको प्रतिवाद स्वरुप जीएसपीबाट हटाउने निर्णय लिएको हो ।

भारतले आफ्ना सामान निर्यातमा अमेरिकाबाट पाउँदै आएको कर छुट यही जुन ५ देखि हट्ने भएको छ । अमेरिकाको यो निर्णयसँगै भारतले पाउँदै आएको करोडौँ रुपैयाँ छुटको सुविधाबाट वञ्जित हुनेछ । भारतले यस सुविधाअन्तर्गत दुई हजार उत्पादन अमेरिका निर्यात गर्दै आएको छ ।

सन् २०१७ मा भारतले यस सुविधामार्फत ठूलो आर्थिक लाभ प्राप्त गरेको थियो । यस सुविधामार्फत भारतले अमेरिकामा पाँच दशमलब ७ अर्ब डलरको आयात शुल्कमा छुट पाएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ७ : २० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता