एमसीसी संसदमा टेबल गर्ने/नगर्नेबारे गठबन्धनमा छलफल हुँदै | Khabarhub Khabarhub

एमसीसी संसदमा टेबल गर्ने/नगर्नेबारे गठबन्धनमा छलफल हुँदै


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एमसीसी सम्झौता संसद टेबल गर्ने/नगर्नेबारे निर्णायक छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ।

बैठक १० बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

यसअघिक संसद बैठकमा एमसीसी टेबल गरे गठबन्धनबाट बाहिरिने निर्णय सत्ता साझेदार दलले गरेपछि सरकार पछि हटेको थियो।

आजको बैठकमा एमसीसी टेबल गर्ने र संसदबाटै निकास निस्कियोस् भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा छ तर माओवादी केन्द्र, एकीकृत समाजवादी जबर्जस्ति अघि बढ्न खोजे गठबन्धनमा बस्न नसक्ने बताइरहेका छन्।

जसपाले भने ठोस् निर्णय लिन सकेको छैन। अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन्। गठबन्धनमा रहेको तर सरकारमा नगएको राष्ट्रिय जनमोर्चा पहिलेदेखिनै आन्दोलनमा छ।

गठबन्धनमै कुरा नमिल्दा पटक-पटक बसेका गठबन्धन र संसद बैठक निष्कर्षविहीन हुँदै आएको छ। गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन्।

एमसीसीले दिएको समयसीमा फागुन १६ गते सकिँदैछ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ८ : १५ बजे

श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल

गोदार– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार

अफगानिस्तानमा डुंगा दुर्घटना हुँदा २० जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा

कांग्रेस जनसवाल र जनताको केन्द्रबिन्दु बन्नुपर्छ : डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टी सत्ता भए पनि

बेनी-दरबाङ सडक : सिम-पानाबगर खण्डमा कालोपत्र

म्याग्दी– म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा

संगठन कमजोर बनाएर पार्टी मजबुत हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले संगठनलाई कमजोर बनाएर पार्टी