कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, परिणाम दिउँसो आउने « Khabarhub

कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, परिणाम दिउँसो आउने


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आइतबार समपन्न भएको छ । लामो समयदेखि निर्वाचनस्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र-३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको हो ।

कहिले मतदान अधिकृतको अपहरण त कहिले नेताहरूबीचमै देखिएको मतविभाजनले अन्य क्षेत्रमा अधिवशन हुँदा पनि क्षेत्र नम्बर ३ को भने विवादित बन्दै आएको थियो ।

जिल्लाको मनरासिस्वा वडा न.८ र बल्वा नगरपालिकामा पनि अधिवेशन समपन्न भएको छ । योसँगै जिल्ला अधिवेशनका लागि आकांक्षीहरूको सहभागी हुन पाउने बाटो खुल्ला भएको छ । अहिले पिपरामा मतगणना भइरहेको छ । दिउँसो १ बजेसम्म सम्पूर्ण नतिजा आइसक्ने जिल्लाका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

सभापतिमा रागवेन्द्र झा र लवराजा सिंहबीच कडा प्रतिस्पर्धा भइरहेको छ । उक्त पदमा दुईजनाको मात्र उम्मेदवारी परेको थियो । विभिन्न वडा र पालिकाबा मतदान गर्न पाउने अधिकार प्राप्त गरेका जम्मा पाँच सय ३४ जनाले मतदान गरेको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ११ : २९ बजे

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घरदैलोमा पुर्‍याउन सुरू

काठमाडौं- नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप

सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सय दिनमा के-के गर्‍यो ?

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकार गठनको १०० दिनभित्र

प्रचण्डलगायत माओवादी नेताहरू बुटवलमा 

बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री 

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक