रेलले किच्दा दुई नेपालीको मृत्यु « Khabarhub

रेलले किच्दा दुई नेपालीको मृत्यु


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– रेलले किच्दा दुई नेपालीको मृत्यु भएको छ । झापाको काँकडभिटाका एउटै परिवारका दुई जनाको भारतमा रेलले किचेर मृत्यु भएको हो ।

शनिबार दिउँसो भारतको बाघपुल नजिक उनीहरुलाई रेलले किचेको हो । आफन्त भेट्न टिष्टा पुगेका झापा मेचीनगर नगरपालिका ७ का ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन श्रेष्ठको रेलले किच्दा मृत्यु भएको हो। घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छन् ।

उनलाई विराटनगरस्थित नोवेल अस्पतालमा राखिएको मृतक इन्द्रका दाजु खेमराज श्रेष्ठले बताए। खेमराजका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित चारजना बुधबार काँकरभिट्टा घरबाट निस्केका थिए ।

शनिबार बिहान खाना खाएर रेलको लिक नजिकैको रुखको फेदमा शीतल खोज्दै गएका इन्द्रलाई तीव्रगतिमा आएको रेलले किचेको थियो। इन्द्रलाई रेलले किचेपछि जोगाउन गएकी आमाको पछिपछि गएका रोहनलाई समेत रेलले किचेको हो।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ६ : ४२ बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका