आज पनि हावाहुरीसहित पानी पर्ने सम्भावना, बुधबारसम्मको मौसम उस्तै « Khabarhub

आज पनि हावाहुरीसहित पानी पर्ने सम्भावना, बुधबारसम्मको मौसम उस्तै


२० जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशैभरिको मौसम आंशिकदेखि सामान्य बदली रही आज(सोमबार) पनि केहि ठाउँमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने भएको छ ।

जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरको मौसम बदली भई दिउँसो र बेलुकीपख पानी पर्नेछ । महाशाखाका अनुसार देशैभरि आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै रातिको समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली र बाँकी भूभागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भु-भागका केही स्थानहरुमा तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

त्यस्तै जेष्ठ २१ गते (मंगलबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

जेष्ठ २२ गते (बुधबार):

दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका १/२ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ८ : ३२ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया