कुवेतमा ७ वर्षदेखि बन्धक नेपाली युवतीले गरिन् उद्धारको अपिल (भिडियोसहित) | Khabarhub Khabarhub

कुवेतमा ७ वर्षदेखि बन्धक नेपाली युवतीले गरिन् उद्धारको अपिल (भिडियोसहित)



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेकी एक नेपाली युवती ७ वर्षदेखि कुवेतको सोलेबियामा रहेको साउदी नागरिकको घरमा बन्धक बनेकी छन्।

राम्रो काम लगाइदिने भनेका दलालको फन्दामा परी घरेलु कामदारको रूपमा कुवेत पुगेकी दाङ तुलसीपुर उप-महानगरपालिका वार्ड-६ की शारदा बिकलाई साउदी नागरिकको घरमा बन्धक बनाएर राखेको स्वयम्ले सामाजिक सञ्जालमार्फत बताएकी छन्।

करार अवधि दुई वर्षको भए पनि ७ वर्ष बितिसक्दा पनि मालिकले घर फर्कन नदिएको र घरमै बन्धक बनाएर राखेको शारदाले बताएकी छन्। पटक पटक मालिकलाई अब घर फर्किने भनेर आग्रह गरे पनि मालिकले बेवास्ता गरेको उनको आरोप छ।

‘यहाँ म आएको ७ वर्ष भइसक्यो घरमा आमा पनि बिरामी हुनुहुन्छ, अहिलेसम्म घर जान दिएको छैन,’ शारदाले रुँदै भनेकी छन् , ‘यहाँ मैले खाना बनाउने, बालबच्चा हेर्नेदेखि घरको सबै काम गर्नुपर्छ, हरेक दिन २० देखि २२ घण्टासम्म काम गर्नुपर्छ।’

‘काम गरेको हरेक महिनाको परिश्रमिक पनि दिँदैन, मैले यो घरमा ७ वर्ष काम गरे अहिलेसम्म करिब ३ वर्ष ६ महिनाको मात्र परिश्रमिक दिएको छ अझै आधा परिश्रमिक नै दिएको छैन ।’शारदाले थपिन्, ‘त्यो पनि कहिल्यै समयमा दिँदैन, दुई वा चार महिनामा एक पटक मालिकले नै घर पटाइदिने गर्छ ।’

मालिकले एक हप्ताको लागि भनेर जोर्डन लगेको थियो, अब हामी यतै काम गर्छौ तिमीलाई चाहिँ घर पटाइदिन्छौ भनेको भए पनि जोर्डनमा दुई वर्ष राखेर फेरि कुवेतमै लिएर आएको उनले गुनासो गरिन् ।

उनले आफू साउदी नागरिकको घरमा सात वर्षदेखि बन्दी सरहको जीवन बिताइरहेको भन्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी आफूलाई उद्धार गर्न समेत अपिल गरेकी छन् ।

बुधबार बिहान खबरहबको सम्पर्कमा आएकी शारदाले रुँदै आफूलाई चाँडोभन्दा चाँडो उद्धार गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, कुवेतस्थित नेपाली दूतावास, गैर आवासीय नेपाली सङ्घ कुवेतलगायतका सम्बन्धित निकायलाई यसै सञ्चार माध्यममार्फत आग्रह गरेकी छन् ।

नेपालबाट विभिन्न मानव तस्करहरूले गैर कानुनी बाटोमार्फत नेपालका सोझा सिधा महिलाहरूलाई घरेलु कामदारको रूपमा दुबई, कतार, साउदी अरेबिया, कुवेत ओमान लगायतका मुलुकमा पठाउने गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ३३ बजे

तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत

म्याग्दी– सडक डिभिजन कार्यालयले  १४ किलोमिटर लामाबागलुङ–बेनीे सडक रु तीन

भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार

चितवन– भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ । चितवन,

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

काठमाडौं– आर्थिक वर्ष २०८१-८२ मा सरकारको १५ खर्ब आठ अर्ब

सात वर्षदेखि अधूरै बृहत् लिफ्ट आयोजना

गलकोट– बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्टमार्फत

बागलुङका एक जनप्रतिनिधि व्यवसायिक स्याउखेतीमा रमाउँदै

ढोरपाटन– छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले