गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा रिहा « Khabarhub

गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा रिहा


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटेका छन् ।

गोरु काटेको अभियोगमा गत २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ, ३५ वर्षीय गणेशबहादुर तामाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका पेमा शेर्पा मंगलबार जिल्ला अदालतको आदेशमा जनही १० हजार धरौटी बुझाएर छुटेका हुन् । चार अभियुक्तको पक्षमा अधिवक्ता ओमप्रकाश घिमिरेले बहस गरेका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासुबिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्त अनुसन्धान र कारबाही प्रकृया जारी रहने गरी २६ माघमा हिरासतमुक्त भएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : ३५ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको