चिनीका उपायले मिल्नेछ पितृ दोष र शनि दोषबाट मुक्ति « Khabarhub

चिनीका उपायले मिल्नेछ पितृ दोष र शनि दोषबाट मुक्ति


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हरेक भान्सामा चिनी सहजै पाइन्छ । यसले केवल चिया वा परिकारको मिठास मात्र बढाउँदैन केही उपायमार्फत जीवनका कैयौँ समस्या पनि समाधान गर्दछ । ज्योतिषशास्त्र अनुसार चिनीका उपायमार्फत जीवनका कैयौँ समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सूर्य ग्रह कमजोर भए जागिरमा समस्या आउन सक्छ । यस्तोमा कुण्डलीको सूर्य बलियो पार्न तामाको भाडामा चीनी र पानीको घोल बनाएर यसलाई पिउनु पर्ने मान्यता छ ।

यदि कुनै कामका लागि घर बाहिर जाँदै हुनुहुन्छ र त्यसमा सफल हुन चाहनुहुन्छ भने एक दिन अगावै राती तामाको भाँडोमा चिनी र पानी राख्ने र काममा निस्कनु अघि यसलाई पिउँदा काममा सफलता मिल्ने ज्योतिषिय मान्यता छ ।

शनिको पीडाबाट मुक्ति पाउन चिनीलाई पिसेर त्यसमा नरिवलको स–साना टुक्रा मिसाएर यो कमिलालाई ख्वाएमा शनिको पीडाबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

पितृ दोषबाट छुटकारा पाउनका लागि समेत चिनीको प्रयोग उपयोगी मानिन्छ । यसकालागि पिठोमा चिनी मिसाएर कागलाई ख्वाएमा पितृ दोषबाट मुक्ति मिल्ने मान्यता छ ।

राहु दोष निवारण गर्न चिनीको उपाय उपयोगी हुन्छ । रातो कपडामा चिनी बाधेर राती सुतेको समयमा सिरानी मुनी केही दिन राखेमा लाभ मिल्ने ज्योतिषिय मान्यता छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : २३ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी