मानसिक समस्या भएकी महिलाको उद्धार | Khabarhub Khabarhub

मानसिक समस्या भएकी महिलाको उद्धार


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- चन्दननाथ नगरपालिकाको महिला शाखा, तातोपनी गाउँपालिका, स्थानीय प्रशासन र ओसी एमसीले मानसिक स्वास्थ्य समस्या भएकी जुम्लाकी एक महिलाको उद्धार भएकाे छ ।

करिब एक दशकदेखि मानसिक स्वास्थ्य समस्या भएकी तातोपानी गाउँपालिका-३ लिताकोटकी ३५ वर्षीया लाउरी रोकायाकाे उद्धार गरिएकाे हाे । उनी सडकमै बस्दै आएकी थिइन । जिल्ला प्रशासन कार्याल, तातोपानी गाउँपलिका, चन्दननाथ नगरको महिला शाखा र ओसी एमसीको सहयोगमा उद्धार गरी उनलाई कर्णाली प्रदेशको मानव सेवा आश्रममा पठाइएको छ ।

आर्थिक अभाव र आफन्त कोही नभएकाले उनको दैनिकी सडकमै बितिरहेकाे थियो । चन्दननाथ नगरपालिको महिला शाखामा कार्यरत पुष्पा थापा र जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईको पहलमा उनलाई कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको ओसीएमसीले एक महिना १२ दिनसम्म नि:शुल्क उपचार गरेकाे थियो ।

उपचारपछि उनकाे स्वास्ठथ्यमा केही सुधार भएको छ । समयमै औषधि खुवाउने मान्छे नभएकाले दीर्घकालिकन व्यवस्थापानको लागि मानवसेवमा आश्रममा पठाइएको हाे । गाउँपालिकाले महिलाको व्यवथापनको लागि एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकाे छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १२ : ५४ बजे

भातृत्वदेखि विश्वासघातसम्म : शक्तिशाली परिवारको कलहले बिगारेको थाइल्याण्ड-कम्बोडिया सम्बन्ध

काठमाडौं- विश्वमा वंशवादमा आधारित राजनीति नौलो कुरा होइन । राजतन्त्रात्मक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेकाे छ।

अपडेट: हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा

काठमाडौं – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना

सर्लाहीमा स्कुल बसले किच्दा बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको

वारेस राख्न माधव नेपाललाई विशेष अदालतले दिएन अनुमति

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न