‘भूमिसम्बन्धी समस्या समाधानमा प्रतिबद्ध छु’: मन्त्री श्रेष्ठ « Khabarhub

‘भूमिसम्बन्धी समस्या समाधानमा प्रतिबद्ध छु’: मन्त्री श्रेष्ठ


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानमा लागिरहेको बताएकी छन् ।

कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुुदायका वस्तीको स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा भएको कार्यक्रम उनले यस्तो बताएकी हुन् ।

भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूूमि संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले भूूमिसम्बन्धी समस्या संविधानमा भएको व्यवस्था कार्यान्वयनमा आफूू प्रतिबद्ध भएर लागिरहेको बताइन् ।

उनले लामो समयदेखि व्यवस्थापन हुन नसकेको मुक्त कमैया, कम्लरी, हलिया, हरुवा र चरुवाहरूको समस्या समाधानका उपाय दिने गरी अध्ययन समितिले प्रतिवेदन तयार परिरहेको र सोही प्रतिवेदनका आधारमा तीनै तहको समन्वयमा कामअघि बढाइने पनि बताइन् ।

मन्त्री श्रेष्ठले भूूमि ऐन कार्यान्वयनमा समस्या देखिएकाले भूू–नियमावली निर्माणको काम सकेर मन्त्रिपरिषदमा लगिएको र छिटो पास गर्न प्रयासरत रहेकोसमेत जनाइन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ४४ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी