सुखद अन्त्यको लक्ष्यमा च्यासल « Khabarhub

सुखद अन्त्यको लक्ष्यमा च्यासल


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – च्यासल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेल खेल्दैछ । अन्तिम खेलमा नव प्रबेशी सातदोबाटो युथ क्लबको सामना गर्दा च्यासल आफ्नो यात्राको सुखद अन्त्य गर्न चाहन्छ ।

शीर्ष डिभिजनमा बढुवा भएको तेस्रो सिजनमा च्यासल ‘बी’ डिभिजनमा घटुवा भएको हो । २०७५ र २०७६ सालको लिगमा नवौ स्थानमा रहेको च्यासल यस पटक भने तालिकाको १४औं स्थानमा रहेसँगै रेलिगेशनमा परिसकेको छ ।

त्यसैले सातदोबाटोविरुद्धको खेल च्यासलका लागि ‘ए’ डिभिजन यात्राको सुखद अन्त्य गर्ने सुनौलो अवसर हो । गत शनिबार रेलिगेशनकै संकटमा रहेको फ्रेन्डस क्लबलाई २-१ को नतिजा सुम्पिएपछि च्यासल घटुवामा परेको थियो ।

यता ‘ए’ डिभिजनमा आफ्नो डेब्यु सिजनमै जायन्टकिल्लरको रुपमा उदाएको सातदोबाटो पनि सुखद अन्त्यको चाहानामा छ ।

फ्रेन्डसविरुद्ध बराबरी खेल्दै सिजनको सुरुआत गरेको सातदोबाटोले त्यसयता थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी युथ क्कब र नेपाल पुलिस क्लबलाई हारको स्वाद चखाइसकेको छ ।

सातदोबाटो १२ खेलमा १८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पहिलो सिजनमै राम्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने लक्ष्य लिएको सातदोबाटो च्यासलविरुद्ध तीन अंक जोडे न्युरोड टिम (एनआरटी)लाई पछि पार्दै तेस्रो स्थानमा उक्लिने छ ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लबको सामना गर्दा फ्रेन्डस भने पछिल्ला तीन खेलमा कायम अपराजित यात्राको निरन्तरताका साथ लिगमा सुखद अन्त्यको लक्ष्यमा हुनेछ ।

सातदोबाटोसँग बराबरी खेल्दै सिजनको सुरुआत गरेको फ्रेन्डस नवौ चरण सम्म भने रेलिगेशनको मुख्य दाबेदार टोली थियो ।

तर फ्रेन्डसले दशौं चरणमा ब्रिगेड ब्वाइज क्लबविरुद्ध हात पारेको जितले रेलिगशेनश जोगाउने सम्भावना ब्युँताएको थियो ।

११औं चरणमा जावलाखेल युथ क्लबसँग अंक बाँडेको फ्रेन्डसले शनिबार च्यासललाई हराउँदै ‘ए’ डिभिजन हैसियत कायम राख्न सफल भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ९ : ५५ बजे

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग

पोर्चुगल– टंक सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग

नेतान्याहुलाई आफ्नै राजनीतिक आधारमा मत विभाजनको चुनौती

जेरुसेलम- अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयासमा रहेका

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका