सुनको मूल्य प्रतितोला रु ९९ हजार « Khabarhub

सुनको मूल्य प्रतितोला रु ९९ हजार


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९६ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । नेपालको सुनचाँदी बजारमा अन्तरराष्ट्रिय कारोबारले प्रभाव पार्ने हुँदा विश्व बजारमा सुनचाँदीका मूल्य बढे अनुसारनै आज नेपालको बजारमूल्यमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ११ : ४८ बजे

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो

ब्रसेल्स- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी