राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण भोलिबाट « Khabarhub

राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण भोलिबाट


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण भोलिबाट सुरु हुने भएको छ । राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएका छन् । टोलीको ४ दिनको प्रशिक्षण काठमाडौंमा हुनेछ भने बाँकी तालिम पोखरामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

किर्गिजस्तानमा चैत्र १८ गते देखि बैशाख २ गतेसम्म आयोजना हुने एफसी फुटसल एसियन कप छनोटको लागि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु हुन लागेको हो । छनोटमा नेपाल उज्बेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँग समूह बीमा परेको छ । छनोटमा नेपालको प्रारम्भिक खेल भने चैत्र २७, २८ र २९ गते हुने एन्फाले जनाएको छ । खेल तालिका र मिति भने सार्वजनिक हुन बाँकी छ ।

बन्द प्रशिक्षणमा ३२ खेलाडी

गोलकिपरः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जीब तामाङ, सुमित कुमार आले
फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, बिक्कु तामाङ, सरोज तामाङ
पिभोटः अबिनाश तामाङ, बिक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोश मास्के, सुसन श्रेष्ठ
अलाः आदिल हामिद, अमित लामा, जेनिश प्रजापति, किरण चौधरी, क्रिजल खड्का, मनी कुमार लामा, मनोज गुरुङ, रन्जीत गुरुङ, रोशन चन्टयाल, सुमित श्रेष्ठ, सुरज गुरुङ, अर्केन शेर्पा

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  १२ : ४२ बजे

‘मधेशी समुदायका बालेन प्रधानमन्त्री बन्दा जनताले देखेका सपना पुरा हुन्छन्’

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले देशमा उत्पीडित जनताहरूले देखेका सपना पुरा

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्रासिलिया– निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा

माइडियाले ल्यायो पाँच मोडलका इन्डक्शन हब 

काठमाडौं– होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्शन हबलाई ग्यासको वैकल्पिक समाधानका

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन