घरमा चमेराको बास भए के हुन्छ ?   | Khabarhub Khabarhub

घरमा चमेराको बास भए के हुन्छ ?  


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धर्मशास्त्र र ज्योतिषमा सपना र घटनालाई शुभ–अशुभ मानिन्छ । यस्तै जीवजन्तुबाट प्राप्त हुने संकेतका बारेमा समेत बताइएको छ । घरमा केहि जीव देखा पर्दा वा ती जीवका खास व्यवहारले जिन्दगीमा राम्रो र नराम्रो दुवै संकेत प्रदान गर्छन् ।

वास्तुशास्त्र अनुसार यदि घरमा चमेरा आए यसलाई राम्रो संकेत मानिदैन । यस्तोमा चमेरा घरमा आए कैयौँ समस्या आउने र धनको हानी हुने संकेतका रुपमा समेत लिइन्छ । यस अलावा चमेरा आएको घरमा नकारात्मकता फैलने र परिवारबीच झगडा हुने मान्यता छ ।

घरमा चमेरा आउनु अशुभ खबर प्राप्त हुने पूर्व संकेत समेत मानिन्छ । साथै परिवारका सदस्य गम्भीर बिमारी पर्न सक्ने संकेत मानिन्छ । तसर्थ घरमा चमेरा आए सर्तक हुन आवश्यक हुन्छ ।

यदि बारम्बार घरमा चमेरा आइरहे धन सम्बन्धी समस्या हुने संकेत मानिन्छ । तसर्थ यस्तो बेला सर्तक हुन वास्तुको सुझाव छ । अन्यथा ऋण डुब्न समय नलाग्ने मान्यता छ । तथापि घर भित्रिएको चमेरालाई हानी पुर्‍याउनु हुँदैन यसलाई आरामपूर्वक घर बाहिर जान दिनुपर्छ ।

यदि अचानक शरीरमा चमेरा खसेमा यो कुनै अशुभ घटनाको संकेत मानिन्छ । यस्तो स्थितिमा नुहाएर इस्ट देवको आराधना गर्नुपर्ने र सम्भव भएसम्म मन्दिर जाने र गरिबलाई दान गर्नुपर्ने मान्यता छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : २१ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित