विश्व इतिहासमा आज : विश्वमा भएका मुख्य-मुख्य घटना « Khabarhub

विश्व इतिहासमा आज : विश्वमा भएका मुख्य-मुख्य घटना


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -फेब्रुअरी २५ तारिखमा विश्वमा भएका मुख्य-मुख्य घटना निम्नानुसार छन् ।

सन् १८६२ मा फेब्रुअरी २५ तारिखमा अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनले कागजको पैसाको सुरुवात गरेका थिए।

सन् १९३२ मा जर्मनीका शासक अडोल्फ हिटलरले जर्मनीको नागरिकता प्राप्त गरेका थिए । अस्ट्रेलियाबाट आप्रवासी भएर जर्मन पुगेका हिटलर जर्मनीका नागरिक बनेपछि राजनीतिमा लागे। तानाशाही शासकका रुपमा परिचित हिटलरले दोस्रो विश्वयुद्ध सुरु गरेका थिए ।

सन् १९८४ मा ब्राजिलको स्यान्टी टाउनमा ग्यासको पाइपलाइन फुट्दा शहरका ५ सय भन्दा धेरै मानिसको ज्यान गएको थियो । ज्यान गुमाउनेमा बालबालिका धेरै थिए ।

सन् २००८ मा भारतका मुस्लिम धर्मगुरुले आतङ्कवादलाई गैर इस्लामिक क्रियाकलाप भन्दै टिप्पणी गरेका थिए । धर्मको नाममा आतंकवाद फैलाउनु मुस्लिम धर्मको शिक्षा विपरीत भन्दै भारतभरी सन्देश दिएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : ०० बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद