दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड फागुन २१ गते हुने « Khabarhub

दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड फागुन २१ गते हुने


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा न ३ स्थित सुख्खा बन्दरगाहदेखि लिस्तीकोट हुदै दुगुनागढीसम्म साढे २४ किलोमिटरको माउण्टेन ट्रेल रेस प्रतियोगिता यो वर्ष फागुन २१ गते हुने भएको छ।

ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले गत वर्षदेखि सिन्धुपाल्चोकको ऐतिहासिक लिस्तिमाई र दुगानागढीको प्रचार प्रसार एवम् संरक्षण गर्ने उद्देश्यले ट्रेल रेसको आयोजना गदै आएको हो ।

नेपाली सेनाको गोरखबक्स गण र भोटेकोशी गाउँपालिकाको आयोजनामा दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड प्रतियोगी तामा देशभरका खेलाडीहरू सहभागिता रहने नेपाली सेना गोरखबक्स गण चौताराका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए । नेपाल तिब्बतबीच पहिलो पटक सन १७८८, दोस्रो पटक १७९२ र तेस्रो पटक सन १९८५ मा भएको युद्धको बेला भोटेकोशी गाउँपालिकाको लिस्तीमाइको दर्शन गरेर नेपाली फौजहरु लडाइमा गएको इतिहासमा उल्लेख छ ।

लिस्तीमाइको दर्शन गरेर दुगनागढीबाटै तिब्बतसँग लडाई लडेकोले दुगानगढीलाई ऐतिहासिक किल्लाको रुपमा लिने गरिएको छ । ऐतिहासिक एवम् सामरिक महत्वको क्षेत्र भए पनि त्यसको संरक्षण र उचित प्रचार प्रसार नभएको भन्दै नेपाली सेनाले यस अघि नै यस्ता ऐतिहासिक क्षेत्रको संरक्षणका लागि विविध कार्य गर्दै आएको छ । ऐतिहासिक महत्त्व बोकेको लिस्तीकोट र दुगानागढीलाई दौडको बाटो मार्फत वर्तमान र भावी पुस्तालाई इतिहासको जानकारी दिने उद्देश्यले गत वर्षबाट प्रतियोगिता आयोजना गरिएको गणपति श्रेष्ठको भनाई छ ।

ट्रेल रेसमा खुला, महिला खुला र सिन्धुपाल्चोक जिल्लावासी गरेर तिन विधा समावेश गरिएको छ । खुला तर्फ पहिलो हुनेले नगद १ लाख १० हजार,दोस्रो ७५ हजार, तेस्रो ५५ हजार, चौथो ४० हजार, पाँचौँ ३० हजार र छैटौँ पुरस्कार नगद २० हजार रुपियाँ रहेको छ । त्यस्तै महिलातर्फ पहिलो हुनेले ६० हजार, दोस्रो ३५ हजार र तेस्रो हुनेले २० हजार रुप‍ैयाँ पाउने छन् ।

जिल्लावासीको लागि भने पहिलो हुनेले नगद ३० हजार, दोस्रो २० र तेस्रो हुनेले १५ हजार पुरस्कार पाउने छन् । ट्रेल रेस प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले फागुन १९ गतेसम्म दर्ता गरिसक्न सेनाले देशभरका खेलाडीहरूलाई अनुरोध गरेको छ । दर्ता निःशुल्क हुने र सिन्धुपाल्चोकस्थित नेपाली सेनाको चौतारा ब्यारेक, जलेटार ब्यारेक, बाह्रबीसे, झिर्पु र लामोसाँघु ब्यारेकमा दर्ता गर्न सकिने सेनाले जनाएको छ ।

सम्भावित जोखिमलाई मध्य नजर गरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले प्रतियोगिताको अवधिभरमा मात्र लागु हुने गरी रु पाँच लाख बराबरको बिमाको व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ९ : ०३ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद