चलचित्रमा ‘एक दिन’ : ‘बुधबार’ व्यापक कमाई | Khabarhub Khabarhub

चलचित्रमा ‘एक दिन’ : ‘बुधबार’ व्यापक कमाई



काठमाडौं- बलिउड चलचित्रमा समयको अन्तराल केही सेकेन्डमै पार हुनसक्छ। पलभरमै पर्दामा वर्षौ गुज्रिनसक्छ। केटाकेटी हुँदा पसलबाट जेरी चोरेर भागिरहेको हिरो हेर्दाहेर्दै लक्का जवान भइसक्छ।

नायक नायिकाको प्रेम हुनासाथ गीत गुञ्जिन्छ। गीत सकुन्जेल उनीहरुको विवाह मात्र हुँदैन सन्तानसमेत जन्मिइसकेको हुन्छ। कतिपय चलचित्रले चाहिँ समयान्तर देखाउन ‘२० वर्षपछि’ भनेर पर्दामै लेख्ने गरेका छन्।

यदाकदा अपवादका रुपमा यस्ता चलचित्र पनि बन्ने गर्छन्, जुन मात्र एक या दुई दिनको कथामा आधारित हुन्छन्। विनोद मेहरा र डेनी डेन्जोङपाको चलचित्र ‘३६ घन्टे’ डेढ दिनको कथामा आधारित चलचित्र हो। अचेल चाहिँ एक दिनको कथामा आधारित चलचित्र बन्ने गरेका छन्, जुन चलचित्रको नाम नै आइतबारदेखि शुक्रवारसम्मका हरेक बारबाटै राखिएको हुन्छ।

यस्तै एक दिनको कथामा आधारित पछिल्लो चलचित्र हो, बेजाट खबाटाको निर्देशनमा बनेको ‘अ थर्सडे’। नामबाटै बुझिन्छ, बिहिबार एक दिनको घटनामा पुरै चलचित्र कास्टीङदेखि क्लाइमेक्ससम्म घुम्छ।

बहीबारको पहिलो प्रहर। बाहिर पानी झमझम परिरहेको छ। नैना नाम गरेकी एउटी शिक्षिका आफ्नो हुनेवाला पतिको घरमा ‘खेल कक्षा’मा सहभागी १६ कलिला बालबालिकालाई बन्धक बनाउँछिन्।

नजिकैको प्रहरी चौकीमा फोन गरेर यसको जानकारीसमेत दिन्छिन्। प्रहरी टोली नैनाको घरबाहिर तैनाथ हुन्छ। फोन सम्पर्कका क्रममा नैनाले आफ्नो माग राख्दै भन्छिन्, ‘म भारतका प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर आफ्नो कुरा राख्न चाहन्छु।’

अनि सुरु हुन्छ, मुम्बई प्रहरी, भारतीय प्रधानमन्त्री र बन्धककारी नैनाबीचको रस्साकस्सी। अन्ततः भारतकी प्रधानमन्त्री एक महिला पनि भएकाले उनी नैनालाई भेटन उनको घरमा पुग्छिन्। प्रधानमन्त्रीसँगको भेटमा नैनाले १६ जना बालबालिकालाई बन्धक बनाउनुको कारण बताउँछिन्।

बालबच्चालाई बन्धक बनाउने शिक्षिका नैनामाथि स्कुले जीवनमा घर फर्किदै गर्दा स्कुल बसकै चालकले बलात्कार गरेको हुन्छ। अतः नैना चाहन्छिन्, बलात्कारीमाथि फाँसीको सजाय होस् ।

बालबच्चालाई बन्धक बनाउने शिक्षिका नैनामाथि स्कुले जीवनमा घर फर्किदै गर्दा स्कुल बसकै चालकले बलात्कार गरेको हुन्छ। अतः नैना चाहन्छिन्, बलात्कारीमाथि फाँसीको सजाय होस् र क्यापिटल पनिस्मेन्टको व्यवस्था होस्। यही कुरा उनले प्रधानमन्त्रीसँग राख्छिन्। बलात्कारीमाथि कडा सजायको कानुनी व्यवस्था गराउन नै उनले १६ विद्यार्थीलाई बन्धक बनाएकी हुन्छिन्।

हालै डिज्नी हटस्टारमा रिलिज भएको ‘अ थर्स डे’को मोटामोटी कथा यत्ति हो। क्लाइमेक्समा के हुन्छ, त्यो त चलचित्र हेरेपछि मात्र थाहा हुनेछ। यामी गौतमले यसमा शिक्षिकाको मुख्य भूमिका निर्वाह गरेकी छन्, जसले बालबालिकालाई बन्धक बनाउँछिन्। प्रहरी अधिकारीको भूमिकामा अतुल कुलकर्णी जमेका छन्। भारतीय प्रधानमन्त्रीको भूमिकामा डिम्पल कपाडियाले नारी संवेदनाको पक्ष गजबले उजागर गरेकी छन्।

वास्तविक जीवनमा बन्धककारीलाई भेटन प्रधानमन्त्री स्वय्ं पुग्नु असंभव छ। तर, इन्डीयन एयरलाइन्स विमान अपहरण गर्ने आतंककारीको माग पुरा गर्न भारत सरकार तयार भएको घटना वास्तविक घटनाको सन्दर्भ जोडेर विश्लेषण गर्दा एक महिला प्रधानमन्त्रीले १६ कलिला बालबालिकालाई बचाउन बन्धककारीसँग भेटनु अनौठो होइन। प्रधानमन्त्रीको भूमिका निर्वाह गरेकी डिम्पल कपाडीयाले चलचित्रमा गृहमन्त्रीसँग भनेकी पनि छन्, ‘हरेक कुरालाई प्रोटोकलका आँखाले हेर्नु हुँदैन। मेरो जिम्मेवारी हो, ति १६ बच्चालाई कसरी बचाउने, त्यसैले विचमा हस्तक्षेप नगर्नुस्। म कुनै पोपेड होइन।’

चलचित्रको विषयवस्तु गम्भीर, कलाकारको उम्दा अभिनय र निर्देशकको सोच असल भए पनि कथा चाहिँ पुरानै घिसापिटा छ। बलात्कृत महिलाले बदला लिएका या राज्यलाई सबक सिकाएका पुराना चलचित्रकै कथा बान्की दोहोरिएको छ। चलचित्रको नाम ‘अ थर्स डे’ राख्नुको केवल यत्ति कारण देखिन्छ कि नैनाले बच्चाहरुलाई विहिबार बन्धक बनाएकी हुन्छिन् र सारा घटना बिहिबार घटित हुन्छ। बिहीबारको साटो शनिवार या शुक्रबार भएको भए पनि चलचित्रको मुल कथावस्तुलाई यसले फरक पार्दैनथ्यो।

आइतबार यस्तो भएछ
बलिउडमा सन् २००८ मा प्रर्दशनमा आएको थियो, चलचित्र ‘सन डे’। बुझिहालियो, यो चलचित्र चाहिँ आइतबारको घटनामा आधारित छ। कमेडी र सस्पेन्स जेनराको तेलगु चलचित्रको हिन्दी रिमेकमा आएशा टाकिया, इरफान खान, अजय देवगन र अरशद बारसी मुख्य भूमिकामा छन्।

हत्याको रहस्य पत्ता लगाउने माथापिच्चीमै चलचित्र घुम्छ। सेहर नामक महिला (आयशा)को जीवनमा आइतबारका दिन यस्तो घटना हुन्छ, जसका कारण उनले आफ्नो जीवनका सारा कुरा भुल्छिन्। उनी एउटी डबिङ कलाकार हुन्छिन्। सप्ताहन्त भएकाले उनी आइतबार एक पबमा पार्टीमा सहभागी हुन्छिन्। तर, पार्टीमा गलत इन्ट्रीका कारण उनको जीवनमा उथलपुथल मच्चिन्छ।

चलचित्रको विषयवस्तु गम्भीर, कलाकारको उम्दा अभिनय र निर्देशकको सोच असल भए पनि कथा चाहिँ पुरानै घिसापिटा छ। बलात्कृत महिलाले बदला लिएका या राज्यलाई सबक सिकाएका पुराना चलचित्रकै कथा बान्की दोहोरिएको छ।

पार्टीकै दिन एक युवतीको हत्या हुन्छ, जुन घटनाको असर उनको दिमागमा कुन हदसम्म हुन्छ भने उनको स्मृति क्षमता गुम्न पुग्छ। हत्याको रहस्य पत्ता लगाउन एसीपी राजविर (अजय देवगन) पर्दामा देखा पर्छन्। र, कथा अगाडि बढदै जान्छ।

आइतबार भएको हत्यामा आधारित यो हास्यप्रधान चलचित्रले बक्स अफिसमा खासै धमाका मच्चाउन सक्दैन। एक दिनको घटनामा बनेको दुई घन्टाको चलचित्रले दर्शकलाई खासै आकर्षित पनि गर्दैन।

‘सोमबार’को कथा जमेन
बलिउडमा सोमबारको घटनामा आधारित चलचित्र पनि बनेको छ, ‘वन फाइन मन्डे’। सन् २०१४ मा प्रदर्शित यो पनि कमेडी चलचित्र हो, जसमा शेखर सुमन, तनाज इरानी र गौरी कार्निक मुख्य भूमिकामा छन्।

चलचित्रको कथा एउटा माफीया डनमा आधारित छ, जसको भूमिका शेखर सुमनले निर्वाह गरेका छन्। उनी सहरका एक खुंङ्खार अपराधी हुन्। कुनै सोमबारको बिहान जब डन शेखर उठछन्, तब उनको मनमा सकारात्मक भाव पलाउँछ। सारा आपराधिक कुकर्म त्यागेर कानुनसम्मत असल काम गर्ने निधो गर्छन्।

असल कर्म गर्न खोज्दा उनी बारम्बार पुनः आपराधिक दलदलमा फर्किन विवश हुन्छन्। कथा खासै विशिष्ठ नभएकाले यो चलचित्र फ्लप हुन्छ। नाम र कथाकै कोपमा यो चलचित्र पनि डब्बामा परिणत हुन्छ।

‘मंगलबार’ पनि भएन मंगल
सन् २०२१ मा एउटा यस्तो चलचित्र बन्यो, जसको शीर्षकमा दुईवटा बारको नाम राखियो। चलचित्र थियो, ‘टयूसडे एन्ड फ्राइडेज’। प्रेम कथामा आधारित यो चलचित्रमा प्रेमी प्रेमिका हप्तामा केवल दुई दिन भेटने योजना बनाउँछन्, मंगलवार र शुक्रबार।

चलचित्रमा अनमोल ढिल्लन एउटी बेस्टसेलर पुस्तककी लेखक र झटलेखा मलहोत्रा वकिलको भूमिकामा छन्। दुबैको विगत निराशाजनक हुन्छ, त्यसैले उनीहरुको भेटघाट पनि खासै रमाइलो भइरहेको हुँदैन।

यही कारण उनीहरुले हप्ताको दुई दिन मात्र भेटने, बाँकी ६ दिन आफू आफैसँग बिताउने निधो गरेका हुन्छन्। चलचित्रका कतिपय दृश्यमा संवेदनात्मक पक्ष रहे पनि यसका कथा र गीत दुबै आकर्षक नभएकाले चलचित्र फ्लप हुन्छ।

‘बुधबार’ व्यापक कमाई
सन् २००८ मा प्रदर्शीत ‘अ वेडनसडे’ चाहिँ एक दिनको घटनामा आधारित एउटा सफल चलचित्र हो, जुन मुम्बइमा हुने आतंककारी हमलामा आधारित छ। आतंककारी हमला बुधवार मध्यान्ह २ देखि ६ बजेको समयमा हुन्छ।

चलचित्रमा अनुपम खेर एक प्रहरी कमिश्नर र नसुरुद्दीन शाह एक अपरिचित मानिसको भूमिकामा छन्। नसुरुद्दीन शाह फोनमा अनुपम खेरलाई चार आतंकवादीको रिहाइको माग गर्छन्। यसको बदला सहरमा राखिएका बमका बारेमा जानकारी दिने शर्त राख्छन्।

प्रहरी कमिश्नर अनुपम खेर फोन गर्ने गुमनाम मानिसको खोजीको निकै प्रयास गर्छन्, तर कुनै सुराक हात लाग्दैन। तैपनि सहरबासीको ज्यान बचाउन आतंकवादीलाई एक–एक गरेर रिहा गर्ने निर्णय गरिन्छ। यो चलचित्रमा कसरी एक्लो मानिस पनि आतंकवाद समाप्त गर्नेबारे चिन्तित हुन्छ भन्ने देखाउन खोजिएको छ। एक दिनको घटनामा आधारित भए पनि यो चलचित्र बक्स अफिसमा हिट भएको थियो। अनुपम खेर र नसुरुद्दीनको अभिनयले चलचित्रलाई उम्दा बनाएको छ।

‘शुक्रबार’को भयानक विष्फोट
अनुराग कश्यपको निर्देशनमा बनेको ‘ब्ल्याक फ्राइडे’ पनि मुम्बई हमलामा आधारित चलचित्र हो। भारतीय लेखक हुसैन जैदी लिखित पुस्तक ‘स्टोरी अफ द बाम्बे बम ब्लास्टस्’बाट चलचित्रको कथा बुनिएको छ।

सन् १९९३ मार्च १२ मा मुम्बईमा शुक्रबारकै दिन दर्दनाक बम विष्फोट भएको थियो। यसैका कारण चलचित्रको नाम ‘ब्लाक फ्राइडे’ राखिएको हो। यसमा केके मेननले डीसीपी राकेश मारियाको तथा पवन मल्होत्राले माफीया डन टाइगर मेननको भूमिका निर्वाह गरेका छन्। चलचित्रले बक्स अफिसमा धमाका मच्चायो, दर्शकले पनि औधी मन पराए।

हलिउडमा ‘एक दिन’
सन् २०११ मा प्रदर्शित हलिउड चलचित्र ‘वान डे’ पनि एक दिनकै घटनालाई केन्द्रमा राखेर बनाइएको चलचित्र हो, जुन प्रेम, रोमान्स र मित्रताले भरिपूर्ण छ।

चलचित्र प्रारम्भ हुन्छ, सन् १९८८ जुलाई १५ को साँझबाट। यही दिनकै महत्व पुरै चलचित्रमा दर्शाउन खोजिएको छ। विद्यार्थीहरु अबेर रातिसम्म ग्राजुएयशन गरेको खुशीयाली मनाइरहेका हुन्छन्। विद्यार्थीकै भीडमा चलचित्रका मुख्य पात्र एमा र डेक्सटर पनि छन्। उनीहरु एकै कलेजमा पढ्थे, तर डेक्सटरलाई एमा चिन्दैनथे।

जब सबै विद्यार्थी आ–आफ्ना साथीसँग तितरबितर हुन्छन्, एमा र डेक्सटर मात्र बाँकी रहन्छन्। त्यसैबेला एमाले आफ्नो जन्मदिनमा डेक्सटर आएको र आफूमाथि मदिरा पोखिदिएको घटना स्मरण गराउँछिन्।

डेक्सटर एक धनी विद्यार्थी हुन्छन् र केटीहरु फेरि-फेरी सम्बन्ध राख्न मन पराउँछन्। कुराकानीका क्रममा डेक्सटरले एमालाई उनको घरसम्मसँगै हिँडेर जाने प्रस्ताव राख्छन्। चलचित्रमा एकैचोटी एमाको घरमा उनीहरुको चुम्बनको दृश्य देखाइन्छ। उनीहरुको शारीकि सम्पर्क हुनै लागेको थियो, एमा भन्छिन्, ‘मलाई बाथरुम जान देउ, फ्रेस भएर आउँछु।’

अब चाहिँ डेक्सटर एमालाई आफूसँगै सुत्न बोलाउँछन्। सँगै सुते पनि शारीरिक सम्पर्क हुँदैन, तर आपसमा मिठामिठा कुरा गरेर बिताउँछन्। जुलाई १५ को त्यो दिन अब उनीहरुको स्मृतिमा सदा ताजा रहनेछ।

डेक्सटरलाई लाग्छ, त्यतिबेलासम्म बिहान भइसकेको छ। बाथरुमबाट एमा फ्रेस भएर फर्किदा डेक्सटर आफ्नो घर जाने तयारीमा हुन्छन्। एमालाई केही नरमाइलो लाग्छ। अनि डेक्सटर भन्छन्, ‘म केही नर्भस थिएँ, मलाई लाग्यो कि बिहान भइसकेको छ, यसैले म जाने तयारीमा थिएँ। यदि तिमी चाहन्छौं भने हामी हाम्रो केहीबेर अघिको योजनालाई निरन्तरता दिनसक्छौँ।’

एमा भन्छिन्, ‘मलाई यस्तो निकट सम्बन्धको खासै अनुभव छैन। जब म यस्तो अवस्थामा पुग्छु, या त रुन थाल्छु या हाँस्न। खासमा मलाई सच्चा इन्टीमेसी प्राप्त हुँदैन। म तिम्रो केवल साथी बन्न चाहन्छु।’

अब चाहिँ डेक्सटर एमालाई आफूसँगै सुत्न बोलाउँछन्। सँगै सुते पनि शारीरिक सम्पर्क हुँदैन, तर आपसमा मिठामिठा कुरा गरेर बिताउँछन्। जुलाई १५ को त्यो दिन अब उनीहरुको स्मृतिमा सदा ताजा रहनेछ।

एक वर्ष बितिसकेको हुन्छ। एमा र डेक्सटर एकअर्काका असल मित्र बनिसकेका छन्। आफूमै हराउने उद्देश्यले केही दिनमै डेक्सटर एक वर्षका लागि विश्व भ्रमणमा जाने तयारीमा छन्। आपसमा टाढिए पनि उनीहरुले पत्र आदान प्रदान गरिरहने सल्लाह गर्छन्। डेक्सटर एमालाई भन्छन्, ‘तिमी आफ्नो भविष्यबारे धेरै चिन्ता नलिनु। एक वर्षपछि तिम्रो जीवनमा पनि कुनै न कुनै अद्भूत घटना हुने नै छ।’
अब एक वर्ष बितिसकेको छ। एमा एक क्याफेमा वेटरको काम गरिरहेकी हुन्छिन्। हुन त उनी लन्डनमा लेखिका बन्न पुगेकी थिइन्। तर, खर्च धान्न उनी पार्टटाइम जागिर गरिरहेकी थिइन्। त्यही क्याफेमा काम गर्ने वेटर इयानसँग एमाको भेट हुन्छ। इयान खासमा स्टाण्डअप कमेडीयन हुन्छन् र खर्च चलाउन त्यहाँ पार्ट टाइम काम गरिरहेका हुन्छन्।

उता डेक्सटर त्योबेला पेरिसमा हुन्छन् र स्कूलमा पढाउने काम गरिरहेका हुन्छन्। एक दिन एमा उनलाई फोन गर्छिन्। लेखिका बन्ने सपना पुरा हुन नसकेकोमा हिनताबोध व्यक्त गर्छिन्। डेक्सटर हिम्मत नहार्न र आत्मविश्वास नगुमाउन एमालाई सल्लाह दिन्छन्।
केही समय अन्तरालपछि डेक्सटर र एमाको भेट हुन्छ। उनको लामो समय क्याफेकै जागिरमा बितिसकेको हुन्छ। उनलाई क्याफेको मेनेजर बन्ने प्रस्ताव आएको छ। तर, लेखिका बन्ने सपना पुरा नभएकोमा उनमा एकखालको अपूर्णता महसुस भइरहेको हुन्छ।

डेक्सटरले एमालाई बिदा मनाउन कुनै समुद्रको किनारमा जाने प्रस्ताव राख्छन्। एमाले यसक्रममा मित्रसँग भन्छिन्, ‘हाम्रो मित्रतालाई दिगो बनाउन एउटा नियम बनाउँ। तिमी कहिल्यै पनि मेरो अति निकट आउने कोशीस नगर अनि कपडा पनि सदा लगाएरै मसँग भेट।’
उनीहरुबीच यसमा सहमति हुन्छ। घुम्दै जाँदा उनीहरु एउटा यस्तो एरीयामा पुग्छन्, जसलाई ‘न्यूड बिच’ भनिन्छ। त्यहाँ अन्य जोडीहरु सर्वाङग नग्न भएर सन बाथ (सौर्य स्नान) गरिरहेका हुन्छन्। डेक्सटर एमालाई आफूहरुले पनि पुरै कपडा फुकाल्नुपर्ने कुरा अघि सार्छन्, तर एमा मान्दिनन्।

‘हामीले एक अर्काको नग्न शरीर देखिसकेका छौं, जब हाम्रो पहिलो भेट भएको थियो, के तिमीलाई त्यसको संझना छ ?’, डेक्सटर भन्छन्। ‘मलाई त्यो पहिलो भेटको कुनै सम्झना छैन, मैले त्यो दिनको घटनालाई आफ्नो स्मृतिबाट मेटाइसकेकी छु’, एमा भन्छिन्।

समय बित्दै जान्छ। डेक्सटर आमालाई भेट्न घर जान्छन्। रात्री मनोरंजन शोमा प्रस्तुती दिन थाल्छन् र सोही शोकी एक कलाकारलाई गर्ल फ्रेन्ड बनाउँछन्। उता पेरिसमा एमा पनि क्याफेमा काम गर्ने स्टान्डअप कमेडियन इयानसँग रिलेशनसीपमा रहन थाल्छिन्, उनीहरु एउटा घर किनेर बस्न थालिसकेका छन्। यसबीचमा एमा र डेक्सटरको फोनमा दुःख सुखका कुराकानी भइरहेको हुन्छ।

‘हामीले एक अर्काको नग्न शरीर देखिसकेका छौं, जब हाम्रो पहिलो भेट भएको थियो, के तिमीलाई त्यसको संझना छ ?’, डेक्सटर भन्छन्। ‘मलाई त्यो पहिलो भेटको कुनै सम्झना छैन, मैले त्यो दिनको घटनालाई आफ्नो स्मृतिबाट मेटाइसकेकी छु’, एमा भन्छिन्।

लामो समयपछि पुनः डेक्सटर र एमाको भेट हुन्छ। एमाको इयानसँग र डेक्सटरको अन्य केटी साथीसँगको सम्बन्धले उनीहरु दुबैलाई खासै खुसी दिइरहेको हुँदैन। तर, जब उनीहरु एक मित्रको रुपमा भेट्छन्, बेग्लै सुख महसुस गर्छन्।

दुबैका आ–आफ्ना जीवन साथी हुन्छन्। बाटो फरक, गन्तव्य फरक। अनि जीवन बिताउने ठाउँ फरक। तैपनि उनीहरु आफ्नो मित्रता सदा कायम रहोस् भन्ने चाहन्छन्। अतः सो भेटमा एक अर्काको मोबाइल नम्बर र पोस्टल एड्रेस साटासाट गर्छन्।

यत्रो लामो समयसम्म नजिक रहेर पनि उनीहरु मित्रताको नियममा कायम रहन्छन् र रहीरहने प्रतिबद्धता व्यक्त गर्छन्। शारीरिक सम्बन्ध या विवाहभन्दा मैत्रीपूर्ण सम्बन्ध कति सुखद, सरस र दिगो हुन्छ भन्ने विराट दर्शन यो चलचित्रमा देखाउन खोजिएको छ।

र, पहिलो पटक भेट भएको जुलाई १५ को त्यो एक दिनले नै हो, डेक्सटर र एमाको जीवनमा ठूलो बदलाव ल्याएको। त्यो दिन यदि उनीहरुले निकटतालाई शारीरिक सम्पर्क या वासना पूर्तिमै सीमित गरेको भए सायद उहिल्यै उनीहरुको डिभोर्स पो भइसक्थ्यो कि ? तर, त्यो एक दिन उनीहरुले जे गरे, त्यसकै कारण चलचित्रको अन्तिमसम्म उनीहरुको सम्बन्ध सुमधुर र मित्रवत रहन्छ। यसैले चलचित्रको नाम राखियो, ‘वन डे’।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ५० बजे

कृषिको आधुनिकीकरण आजको आवश्यकता : लिङ्देन

कैलाली– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौं– मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त

अबुधाबीस्थित नेपाली दूतावासमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं– आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको

तनहुँको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

तनहुँ– धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

हुम्ला– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण