युक्रेन आक्रमणपछि रुसमाथि अमेरिकाद्वारा थप प्रतिबन्धको घोषणा « Khabarhub

युक्रेन आक्रमणपछि रुसमाथि अमेरिकाद्वारा थप प्रतिबन्धको घोषणा


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले युक्रेनमाथि सैन्य हमला गरेको विरोधमा अमेरिकाले रुसमाथि कडा प्रतिबन्धहरूको घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ प्रतिबन्धको घोषणा गरेको भ्वाईस अफ अमेरिकाले जनाएको छ। नयाँ प्रतिबन्धको घोषणा गर्दै राष्ट्रपति बाइडेनले रुसी आक्रामकता अनुत्तरित हुन नसक्ने र अमेरिका स्वतन्त्रताको पक्षमा उभिने बताएका छन्।

बाइडेनले घोषणा गरेको नयाँ प्रतिबन्ध रूसी बैंकहरू, धनाढ्यहरू, प्रविधिको क्षेत्र, निर्यात लगायत क्षेत्रहरू समावेश रहेको जनाइएको छ। अमेरिकी प्रतिबन्ध रुसको अर्थतन्त्रको रणनीतिक क्षेत्रहरूमा लक्षित गरिएको र नयाँ प्रतिबन्धले रुसको वित्त तथा प्रविधिको क्षेत्रको क्षमता र पहुँच खुम्चाउने लक्ष्य लिएको छ।

अमेरिकासँगै अमेरिकी साझेदार देशहरू र नेटो आबद्ध देशहरू बेलायत, युरोपेली संघ, क्यानाडा, जापान, कोरिया लगायत देशहरूले समेत रुसमाथि थप प्रतिबन्धहरू लगाएका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : ५५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल