काभ्रेमा कोरोना सङ्क्रमणदर शून्यमा झर्दै | Khabarhub Khabarhub

काभ्रेमा कोरोना सङ्क्रमणदर शून्यमा झर्दै


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोरोना सङ्क्रमण मुक्त भएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका कोरोना सङ्क्रमण मुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप सङ्क्रमीत देखिएको छैन ।

कोरोना सङ्क्रमण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन् । पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक÷एक सक्रिय सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।

केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नपाइएको र बिहीबार १३ जना सङ्क्रमण मुक्त भएका हुन् । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा हाल १६ सक्रिय सङ्क्रमितमध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार सङ्क्रमित रहेको पाइएको र यसअघिका केही दिनसम्म सङ्क्रमणदरभन्दा सङ्क्रमण मुक्तदर अधिक रहेको केन्द्रको तथ्याङ्कले देखाएको थियो ।

जिल्लामा हालसम्म १७ हजार ५५० मा सङ्क्रमण देखिएकामा १९५ को मृत्यु भएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरमा जिल्लामा एक पुरुषको मृत्यु भएको थियो । हालसम्म कूल सङ्क्रमितमध्ये ९८ दशमलब ७९ प्रतिशत अर्थात् १७ हजार ३३९ सङ्क्रमण मुक्त भइसकेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : ५० बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र