महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित | Khabarhub Khabarhub

महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो । यसअघि एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन खेलमा पराजित भएको ललितपुर मेयर्स प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि ललितपुर पहिलो खेलमा सुदूरपश्चिमसँग ५८ रनले र दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग २ रनले पराजित भएको थियो ।

आजको खेलमा ८१ रनको विजय लक्ष्य एपीएफले १३ ओभरमा ३ विकेट गुमाएर पूरा ग-यो । एपीएफका लागि ज्योति पाण्डेले अर्धशतकीय पारी खेलिन् । उनले ४५ बल खेल्दै अविजित ५६ रन बनाइन् । यस्तै रोमा थापाले अविजित ११ रनको योगदान दिइन् । बलिङतर्फ ललितपुर मेयर्सकी अनुराधा चौधरीले एक विकेट हात पारिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको ललितपुर मेयर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८० रनको योगफल बनायो । ललितपुर मेयर्सका लागि सुमन खतिवडाले सर्वाधिक ३० रन जोडिन् । आरती विडारीले अविजित २१ रन बनाइन् । बलिङतर्फ एपीएफका लागि करुणा भण्डारी र सुमन विष्टले एक–एक विकेट लिए ।

अहिले त्रिवि क्रिकेट मैदानमा प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ । प्रदेश १ ले टस जितेर ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १ : ३६ बजे

दीपक मनाङे थान्को लागेपछि कांग्रेस–एमालेकै प्रतिस्पर्धा

काठमाडौँ– निर्वाचन आयोगले मनाङको प्रदेशसभा २ का लागि आगामी कात्तिक

प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन

थियानजिन – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन

यायोक्खा काठमाडौँमा विवाद, ‘झोले शैली’ अपनाइएको आरोप

काठमाडौँ- किराती राईहरूको साझा सामाजिक संस्था किरात राई यायोक्खाको काठमाडौँ

सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग उपचारको सुरु

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (ए पी

लुम्बिनी र गण्डकी प्रदेशबीच साझा विकासका लागि नौबुँदे निर्णय

लुम्बिनी– लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकास