अहिले एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था छैन : शंकर पोखरेल « Khabarhub

अहिले एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था छैन : शंकर पोखरेल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था नरहेको बताएका छन् ।

आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने बताएका हुन् ।

आफूहरु संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउन उनको भनाइ छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभाएको भन्दै उनले सभामुखले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर माग प्रशस्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका हुन् ।

‘एमाले विभाजन गर्नेगरी सभामुखले पदीय जिम्मेवारी निर्वाह गर्नेक्रममा दोहोरो भूमिका निभाउनुभयो,’ महासचिव पोखरेलले भने, ‘सभामुखले गल्ती सच्याउनु प-यो वा मार्गप्रशस्त गर्नुप-यो। अनि मात्र एमाले संसदीय प्रक्रिया सहभागी हुन्छ ।’

सभामुखबाट निकास ननिस्किए सत्तारुढ गठबन्धन वा सरकारले आफूहरुको माग पूरा गर्नुपर्ने महासचिव पोखरेलको माग छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १ : ४० बजे

नबिल डिबेञ्चर-२०९३ ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं– नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक

आयु सकियो, फेरि बल्झियो कृष्णभीरको पहिरो (फोटो फिचर)

धादिङ – त्रिशूली नदीले सतहबाटै जमिन कटान गरेपछि पृथ्वी राजमार्गको

पश्चिम नेपाल बस व्यवसायीद्वारा राहत कोषमा १० लाख सहयोग

काठमाडौँ – विनाशकारी बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र

बाढीपीडितको सहारा बन्न नेपालमा सोनु

चलचित्रको पर्दामा खलनायकको भूमिका निभाएर दर्शकलाई रोमाञ्चित गर्ने बलिउड अभिनेता

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा