अहिले एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था छैन : शंकर पोखरेल | Khabarhub Khabarhub

अहिले एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था छैन : शंकर पोखरेल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था नरहेको बताएका छन् ।

आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने बताएका हुन् ।

आफूहरु संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउन उनको भनाइ छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभाएको भन्दै उनले सभामुखले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर माग प्रशस्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका हुन् ।

‘एमाले विभाजन गर्नेगरी सभामुखले पदीय जिम्मेवारी निर्वाह गर्नेक्रममा दोहोरो भूमिका निभाउनुभयो,’ महासचिव पोखरेलले भने, ‘सभामुखले गल्ती सच्याउनु प-यो वा मार्गप्रशस्त गर्नुप-यो। अनि मात्र एमाले संसदीय प्रक्रिया सहभागी हुन्छ ।’

सभामुखबाट निकास ननिस्किए सत्तारुढ गठबन्धन वा सरकारले आफूहरुको माग पूरा गर्नुपर्ने महासचिव पोखरेलको माग छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १ : ४० बजे

युक्रेनमा रुसी हमला, २० जनाको मृत्यु

किएभ– युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४०

भारतमा बनेको टाइटेनियम विश्वभरका रक्षा उद्योगमा आपूर्ति हुँदै

काठमाडौं– पछिल्लो समय भारतमा रक्षा उद्योगको तीव्र विकास भइरहेको छ

‘बघौरा’ र ‘महारानी’ हेर्न जावलाखेलमा भीड (तस्बिरहरू)

काठमाडौं– विश्व बाघ दिवसको अवसरमा मंगलबार जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा रहेका

कोशी प्रदेशसभामा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभाको मंगलबारको बैठकमा ‘सामाजिक विकास संस्था ऐन, २०७५

तीन हजार २ विन्दुमा नेप्से, १८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३००२.०७ विन्दुमा पुगेको छ