युक्रेनमा अलपत्र नेपालीको उद्धारमा एनआरएनए सकृय « Khabarhub

युक्रेनमा अलपत्र नेपालीको उद्धारमा एनआरएनए सकृय


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुस र युक्रेनको युद्धको चपेटामा परेका नेपालीको उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सक्रियता देखाएको छ ।

संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले त्यहाँस्थित नेपाली समुदायसँग प्रत्यक्ष सम्पर्कमा अन्तरक्रियाको आयोजना गर्दै उनीहरूको अवस्था र उद्धारका सम्भावनाका बारेमा पहल सुरु गरेको हो ।

युक्रेनमा हाल ४०० जना नेपाली रहेको आकलन गरिएको छ । संघले पहिलो चरणमा नेपालीको तथ्यांक संकलन गर्ने र आपतकालमा परेका नेपालीहरूलाई तत्काल उद्धारको प्रयास गर्ने तयारी गरेको छ ।

नेपाली दूतावास जर्मनीको सहकार्यमा गैरआवासीय नेपाली संघको आयोजनामा शनिबार हुने अन्तरक्रिया कार्यक्रममा युक्रेनमा रहेका नेपालीहरू, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलगायत एनआरएनएका पदाधिकारीहरू तथा रुस र जर्मनीमा रहेका नेपाली दूतावासका प्रतिनिधिहरू सहभागी हुने छन् ।

केसीका अनुसार युक्रेनमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र सोलोभाकिया बोर्डरमार्फत् तेस्रो देशमा पठाउने सम्भावनाको बारेमा संघले छलफल थालेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ९ : ४५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल