गठबन्धन जोगाउने र एमसीसी टुंग्याउने उपाय खोजिरहेका छौँ : प्रचण्ड « Khabarhub

गठबन्धन जोगाउने र एमसीसी टुंग्याउने उपाय खोजिरहेका छौँ : प्रचण्ड


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन् ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसिसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताएका हुन्।

‘एमसिसीकै कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति अहिले बनेको छ । त्यसलाई रोक्नुपर्ने अवस्था छ’, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, ‘प्रतिगमनकारी गठबन्धन अगाडि नआओस्, संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाको कसम खाएर बनेको गठबन्धन नटुटोस् भनेर लागिपरेका छौँ ।’

विधानलाई कुल्चेर जनप्रतिनिधिमूलक संस्था विघटन गर्ने कदमलाई प्रतिगमन ठहर गर्दै पाँच राजनीतिक दल मिलेर नयाँ गठबन्धन निर्माण गरिएको बताउँदै उनले संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनेको प्रष्ट पारे । ‘प्रतिगमनलाई परास्त गरेपछि गठबन्धनमार्फत साझा न्यूनतम कार्यक्रम बनाएर उत्पीडित वर्ग, क्षेत्र र समुदायका जनताका हक अधिकारलाई व्यवस्थित गर्ने प्रयास गर्दैछौँ’, उनले भने, ‘प्रतिगमनलाई परास्त गर्दै प्राप्त गरेको उपलब्धि कहीँ एमसिसी सम्झौताकै कारण गुम्ने त होइन भन्ने स्थिति देखापरेको छ ।’

अध्यक्ष दाहालले जनताको सङ्घर्षको बलमा स्थपित उपलब्धि कसरत भइरहेको बताए । ‘केही समयदेखि जनयुद्धका उपलब्धि, संविधानसभाबाट बनेको संविधानको सकारात्मक पक्षलाई उल्ट्याउने कसरत भएको हामीले देख्यौँ’, उनले भने, ‘संविधान र सङ्घीय गणतन्त्रमाथि घाट गर्ने प्रवृत्ति र विचार प्रष्ट देखिए, हामीले नयाँ प्रकारको सङ्घर्ष गर्‍यौँ ।’

अध्यक्ष दाहालले संविधान, गणतन्त्र, सबै उत्पीडित वर्ग, क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने प्रवृत्तिविरुद्ध लाखौँ जनता सडकमा आएर प्रतिगमनलाई परास्त गरिएको पनि बताए। प्राप्त उपलब्धि गुम्न नदिने र थप उपलब्धिका निम्ति एकताबद्ध भएर अगाडि बढ्ने सङ्कल्प लिनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १२ : २५ बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा