युक्रेनमा रहेका नेपालीलाई छिमेकी देशमा जान जर्मन दूतावासको आग्रह (विज्ञप्तिसहित) « Khabarhub

युक्रेनमा रहेका नेपालीलाई छिमेकी देशमा जान जर्मन दूतावासको आग्रह (विज्ञप्तिसहित)


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी आक्रमणका कारण संकटग्रस्त युक्रेनमा रहेका नेपालीहरूलाई अन्यत्र जान जर्मनको बर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गरी युक्रेनबाट सुरक्षित तरिकाले स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान नेपालीहरूलाई आग्रह गरेको हो ।

युद्ध बढेपछि यी राष्ट्रले नाका खुला गरिदिएकाले त्यहाँबाट निस्किन दूतावासले भनेको छ ।

‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

सीमा नाकामा प्रवेश गर्न राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपि फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ ।

हालसम्म १ सय ९३ जना नेपाली सम्पर्कमा आएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : ५३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब