आज २०७८ साल फागुन १५ गते आइतबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन १५ गते आइतबारको राशिफल


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन १५ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : आम्दानी बढ्नेछ। आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उल्लेख्य नतिजा मिल्नेछ। स्वास्थ्यमा समस्या रहेकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

वृष : बोलीमा ख्याल गर्नुपर्नेछ। रोग र शत्रु बढ्नेछ। शिक्षामा भने जोश थपिनेछ। लगानीबाट सफल हुने योग रहेको छ।

मिथुन : आर्थिक, सामाजिक, वैदेशिक क्षेत्र यथावत छन्। स्वास्थ्य र शिक्षामा राम्रो छ। वैदेशिक रोजगारमा गरेको लगानीले राम्रने परिणाम दिनेछ। यात्रा गर्दा दक्षिणको यात्रा नजानूहोला।

कर्कट : पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। आफन्तबाट सहयोग मिल्नेछ। शिक्षामा भने आलस्य बढ्नेछ। वैदेशिक क्षेत्रमा भने उचित फल पाइनेछ। पुराना साथीसँग भेट हुनेछ।

सिंह : मित्र भेट हुनेछ। राजनीतिको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक मानसम्मान बढ्नेछ। पेटको समस्या देखिनेछ खानपानमा ख्याल गर्नुहोला।

कन्या : पराक्रम बढ्नेछ। प्रतिस्पर्धी पराजित हुनेछन्। धार्मिक क्षेत्रमा मन जानेछ। मनोरञ्जनमा मन जानेछ।

तुला : दीर्घकालीन योजना बन्नेछ। स्वास्थ्यमा समस्या आउने देखिन्छ। पठनपाठनमा रुची बढ्नेछ। राजनीति, वैदेशिक, सामाजिक क्षेत्रमा थयावत रहनेछ।

वृश्चिक :कार्यक्षेत्रबाट प्रशंसा पाउने योग रहेको छ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। वैदेशिक रोजगारमा सफल हुनेछ। पन्छीलाई अन्न दान गरेको राम्रो छ।

धनु : शरीमा फूर्ति बढ्नेछ। धनमाल चोरी हुन सक्ने भएकाले सचेत रहनुहोला। समाजमा प्रभाव बढ्नेछ। अन्य क्षेत्रमा भन्दा वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा दिने योग छ।

मकर : दिन राम्रो छ। दीर्घकालीन योजना अगाडि बढाउनुहोला। आलस्य त्यागेर गरेको कामले सफलता मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। दैनिक काममा धार्मिक कार्य गर्नुहोला। त्यसले फल मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले लाभ प्राप्त हुनेछ। फाइदा भयो भनेर श्रम गर्न नछाड्नुहोला।

मिन : स्वास्थ्यमा समस्या आउने देखिएकाले खानपानमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीले फल मिल्नेछ। गोपनियता भंग हुने भएकाले राजनीति गर्दा सचेत हुनुहोला। बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : ०४ बजे

महेश बस्नेतले भने- म शासक होइन, जनताको सेवक बन्न आएँ

भक्तपुर- नेकपा (एमाले) का सचिव एवम् भक्तपुर क्षेत्र नं. २

साम्बाको उपचार स्वदेशमै सम्भव छ नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगरौँ : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ साल पछिका

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो

महेश बस्नेतका कारण विशाल भण्डारी दोस्रो पटक तनावमा

काठमाडौं – पुराना दलहरूलाई निषेध गर्ने समूहबाट ‘केमडी नाइट विथ