अञ्जन झापा एफसीको मार्की खेलाडीमा अनुबन्धन « Khabarhub

अञ्जन झापा एफसीको मार्की खेलाडीमा अनुबन्धन


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झापा एफसीले यस सिजनको नेपाल सुपर लिग(एनएसएल)का लागि नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा हुने सुपर लिगका लागि आयोजकले यसअघि नै २२ खेलाडीको सूची निकालेको थियो ।

अञ्जनले अघिल्लो संस्करणमा ललितपुर सिटी एफसीका मार्की र कप्तानी गरेका थिए ।

केही दिनअघि मात्र चितवन एफसीले अनन्त तामाङ र ललितपुर एफसीले विमल घर्तीमगरलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरिसकेको छ ।

यसअघि आयोजकले प्रतियोगिताको दोस्रो संस्करणमा स्पोर्टिङ इलामा मेची, झापा एफसी र विरगंज युनाइटेड गरी तीन टोली थपेको छ ।

गत वैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौँ रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १ : ०५ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११