अञ्जन झापा एफसीको मार्की खेलाडीमा अनुबन्धन « Khabarhub

अञ्जन झापा एफसीको मार्की खेलाडीमा अनुबन्धन


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झापा एफसीले यस सिजनको नेपाल सुपर लिग(एनएसएल)का लागि नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा हुने सुपर लिगका लागि आयोजकले यसअघि नै २२ खेलाडीको सूची निकालेको थियो ।

अञ्जनले अघिल्लो संस्करणमा ललितपुर सिटी एफसीका मार्की र कप्तानी गरेका थिए ।

केही दिनअघि मात्र चितवन एफसीले अनन्त तामाङ र ललितपुर एफसीले विमल घर्तीमगरलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरिसकेको छ ।

यसअघि आयोजकले प्रतियोगिताको दोस्रो संस्करणमा स्पोर्टिङ इलामा मेची, झापा एफसी र विरगंज युनाइटेड गरी तीन टोली थपेको छ ।

गत वैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौँ रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १ : ०५ बजे

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले